विराटनगर । जोगबनी हुँदै नेपाल–भारत आवतजावत गर्ने दुवै देशका नागरिकले अब अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने भएको छ।
सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले जोगबनी प्रवेश गर्ने नेपाली नागरिक तथा भारतबाट नेपाल आउने भारतीय नागरिकको परिचयपत्र जाँच गर्न थालेका छन्। यसबारे जानकारी गराउन सशस्त्र प्रहरीले शनिबार सीमा क्षेत्रमा माइकिङसमेत गरेको छ।
बिज्ञापन
भारतबाट नेपाल आउने भारतीय नागरिकले आधार कार्ड वा अन्य सरकारी परिचयपत्र देखाउनुपर्नेछ भने नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र वा नागरिकता पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
नेपाल सरकारले केही समयअघि नै नेपाल–भारत आवतजावतका क्रममा परिचयपत्र अनिवार्य गर्ने नियम लागू गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्न शनिबारदेखि जोगबनी नाकामा सुरक्षा जाँच कडा पारिएको हो।