Premier Cables
Premier Steel

राजनीति

डा.शेखर कोइरालाको चेतावनीः कांग्रेस फुट्न सक्छ

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक २५, २०८२  | साँझ ५:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनसम्बन्धी विवादले विभाजनसम्मको स्थिति निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले नियमित वा विशेष महाधिवेशन गर्ने विषयमा केन्द्रीय समितिले छिट्टै निष्कर्ष ननिकाले पार्टीमा फुटको खतरा बढ्ने बताएका हुन्।

बिज्ञापन

उनका अनुसार, विशेष महाधिवेशनको माग गर्दै अहिले सम्म पार्टीका ५५ प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन्। उनले भने, “५५ प्रतिशत साथीहरूले विशेष महाधिवेशनको मागमा हस्ताक्षर गर्नुभएको छ। त्यसको प्रमाणीकरण प्रक्रिया सुरु भएको दिनदेखि नै पार्टी विभाजनको सम्भावना देखा पर्न सक्छ।”

डा. कोइरालाले थपे, “यदि ४० प्रतिशत मात्रै समर्थनका आधारमा महाधिवेशनमा गयौं भने पनि त्यो विभाजनकै संकेत हो, किनकि बाँकी ६० प्रतिशत असन्तुष्ट हुने अवस्था आउँछ।”

उनले पार्टीभित्रको एकता जोगाउनका लागि केन्द्रीय समिति बैठकबाटै महाधिवेशनसम्बन्धी अन्तिम निर्णय गर्नुपर्नेमा जोड दिए। उनका शब्दमा, “केन्द्रीय समितिले नै निर्णय गर्‍यो भने सबै शतप्रतिशत महाधिवेशनकै पक्षमा हुन्छन्। त्यसैले निर्णय पनि त्यहीँबाट गरिनुपर्छ।”

डा. कोइरालाले हस्ताक्षर संख्या र वैधानिकता दुवै स्पष्ट भएको दाबी गर्दै भने, “५५ प्रतिशत हस्ताक्षर बाध्यात्मक छन्, त्यसमा कुनै शंका छैन। तर, पार्टी फुटको सम्भावना टार्न हामी केन्द्रीय समितिबाटै निर्णय चाहन्छौं।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa