Premier Cables
Premier Steel

राजनीति

शेखरको सचिवालयले भन्यो- गगनसँग मिलेर जाने कुरा भएको छैन्

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ ०५, २०८२  | अपराह्न ३:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले नवनिर्वाचित सभापति गगन थापासँग सहकार्य हुने भन्ने समाचारको खण्डन गरेको छ।

सचिवालयले दुवैबीच मिलेर अघि बढ्ने विषयमा आएका खबरहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो।

बिज्ञापन

डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले सभापति थापासँग सहकार्यको चर्चा निराधार रहेको बताए। “डा. शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने विषयमा प्रकाशित समाचारमा सत्यता छैन,” उनले भने।

उनका अनुसार विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका कुनै पनि सदस्यले अहिलेसम्म डा. कोइरालासँग कुनै माध्यमबाट सम्पर्क वा छलफल गरेका छैनन्।

थपलियाले पार्टीभित्र टिकट माग्न देशभरबाट नेताहरूको भिड लागेको भए पनि टिकट वितरण प्रक्रिया, स्थान, मापदण्ड र निर्णयको ढाँचाबारे कुनै जानकारी नदिइएको गुनासो पनि गरे। “कसरी, कहाँ बसेर र कुन आधारमा टिकट बाँडिँदैछ भन्नेबारे अहिलेसम्म केही थाहा छैन,” उनले भने।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa