Premier Cables

समाचार

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, बैशाख ३०, २०८२  | साँझ ७:४२ बजे

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई मंगलबार आठौंपटक म्याद थपका लागि अदालतमा पेश गरिएको थियो ।

१५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ । मिश्रसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य कारणले थुनाबाहिर राखेर अनुसन्धान भइरहेको छ, भने आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं थुनामै छन् ।

बिज्ञापन

मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, र आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । प्रसाईंसहित केहीलाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको छ ।

*** समाप्त ***
Bagmati
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो