Premier Cables
Premier Steel

अपराध

मोरङमा १० लाखभन्दा बढीको अवैध सामान र तीन ट्याक्टर नियन्त्रणमा

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०८, २०८३  | अपराह्न ३:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका १० लाख ५२ हजार रुपैयाँभन्दा बढीको सामान र नदीजन्य पदार्थ उत्खननमा संलग्न तीन वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङ जिल्लाका विभिन्न सीमा इलाकाबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा १० लाख ५२ हजार ३२० रुपैयाँ बराबरका विभिन्न जातका फूलका बिरुवा, सिटी सफारी, मोटरसाइकल, लत्ताकपडा, आयुर्वेदिक औषधि तथा मदिरा बरामद गरिएको हो। नियन्त्रणमा लिइएका फूलका बिरुवाहरूलाई प्लान्ट क्वारेन्टाइनका प्रतिनिधिको रोहबरमा घट्नास्थलमै नष्ट गरिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

त्यस्तै, बरामद गरिएका सिटी सफारी, मोटरसाइकल, लत्ताकपडा, आयुर्वेदिक औषधि र मदिरालाई आवश्यक कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको छ।

यसैबीच, मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोला र उर्लाबारी नगरपालिका क्षेत्रमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ३ वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको छ। खोलाबाट अवैध रूपमा ढुङ्गा र बालुवा लोड गरिरहेका ती ट्र्याक्टरहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित पालिकामा बुझाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka