Premier Cables
Premier Steel

राष्ट्रिय

जनार्दन शर्माको पहलमा बनेको पार्टीमा को-को अटाए ?

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०७, २०८२  | बिहान १०:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । जनार्दन शर्माको पहलमा गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीले आज ‘बृहत् एकता घोषणा सभा’ आयोजना गर्दैछ। कार्यक्रम काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे सुरु हुने भएको छ।

उक्त सभामा बाबुराम भट्टराईद्वारा स्थापित र हाल दुर्गा सोबको नेतृत्वमा रहेको जसपा (नयाँ शक्ति), जनार्दन शर्माको पहलबाट बनेको र हाल सुदन किराँतीले नेतृत्व गरिरहेको प्रगतिशील लोकतान्त्रिक पार्टी, तथा रास्वपा त्यागेका पूर्व प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको समूहबीच औपचारिक एकता घोषणा हुने छ।

बिज्ञापन

एकता प्रक्रियासम्बन्धी सहमति पत्रमा यसअघि नै तीन पक्षले हस्ताक्षर गरिसकेका छन्। सोही सहमति अनुसार आज सार्वजनिक सभामार्फत एकता घोषणा गर्न लागिएको हो।

एकता घोषणा अघि शनिबार त्रिपुरेश्वरमा भेला बसेर प्रस्तावित एकतालाई अनुमोदन गरिएको थियो।

पछिल्ला वर्षमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीलगायतका दलहरूसँग एकता गरेर नयाँ नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि जनार्दन शर्मा त्यसबाट अलग हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टी गठनको तयारीमा लागेका थिए। हालसम्म उनले आफू सदस्य मात्र रहने भन्दै पार्टी नेतृत्व सुदन किराँतीलाई जिम्मा दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३

चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क बढाइने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka