काठमाडौं । सरकारले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रदान गरिएको सुरक्षा व्यवस्था फिर्ता गरेको छ।
गृह मन्त्रालय स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीको हैसियतमा उनलाई दिइँदै आएको सुरक्षा सुविधा फिर्ता लिइएको हो।
बिज्ञापन
नेपालको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका १३ जना र नेपाल प्रहरीका केही सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ। तर, मापदण्डअनुसार पाउने दुई जना सुरक्षा कर्मी भने यथावत् रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ।