Premier Cables
Premier Steel

राजनीति विराटनगर

माधव नेपालको आरोप: केपी ओलीले कम्युनिष्ट आन्दोलन तहसनहस पारे

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन १६, २०८२  | बिहान ११:३८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूमाथि लगाइएको मुद्दा भ्रष्टाचारसँग सम्बन्धित नभई राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गरेका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले आफू संलग्न भएको प्रकरण मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयमार्फत गरिएको र त्यसबाट सरकारलाई कुनै आर्थिक नोक्सान नपुगेको स्पष्ट पारे।
“मेरो त भ्रष्टाचारको मुद्दा नै होइन,” उनले भने, “मन्त्रिपरिषद्को सामूहिक निर्णय हो, जसबाट नेपाल सरकारलाई एक पैसा पनि घाटा भएको छैन। यो सम्पूर्ण घटनाक्रम राजनीतिक पूर्वाग्रह र प्रतिशोधले प्रेरित हो।”

नेपालले आफूले जीवनमा कहिल्यै एक पैसा पनि अनुचित ढंगले नलिएको दाबी पनि गरे।

अध्यक्ष नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको ‘दम्भ र अहंकार’कै कारण नेपालको कम्युनिष्ट आन्दोलन समाप्त हुने मोडमा पुगेको आरोप लगाए।
“एमालेभित्र अहिले जुन तमासा चलेको छ, त्यसले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न सक्छ,” नेपालले भने, “र त्यसमा अध्यक्ष ओली स्वयं लागिपर्नु भएको छ।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा सक्रियतामा रोक लगाउने प्रयासलाई पनि उनले ‘तमसाको राजनीति’ भने। उनले निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलनकै अस्तित्व संकटमा पार्ने चेतावनी दिए।

नेपालले प्रधानमन्त्री ओलीकै नेतृत्वमा वर्तमान सरकारका कारण मुलुक विभिन्न पीडामा रहेको र जबसम्म उनको विदाइ हुँदैन, तबसम्म देशले सहजता महसुस गर्न नसक्ने टिप्पणी गरे।

उनले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकता नभई सहकार्य तथा मोर्चा निर्माणको विषयमा मात्र छलफल भएको जानकारी दिए।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka