Premier Cables
Premier Steel

समाचार

छतबाट खसेर झापामा एक जनाको मृत्यु

Calendar मंगलबार, कार्तिक ०४, २०८२  | साँझ ५:४९ बजे

बिर्तामोड । झापाको मेचिनगर नगरपालिका–१४ धुवागढीका ४० वर्षीय विरबहादुर भुजेलको छतबाट लडी घाइते भइ उपचारका क्रममा मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय धुवागढीका अनुसार, भुजेल कात्तिक १ गते (बुधबार) दिउँसो करिब ४ बजे आफ्नै एकतले घरको छतबाट आकस्मिक रूपमा लडेका थिए। गम्भीर घाइते उनलाई विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा भर्ना गरिएको थियो।

बिज्ञापन

तर उपचारका क्रममा कात्तिक ३ गते (शुक्रबार) साँझ करिब ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

भुजेलको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ। प्रहरीले आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिसकेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka