Premier Cables
Premier Steel

विराटनगर

मोरङ जिल्ला प्रशासन कार्यालय देशभर उत्कृष्ट १० स्थानमा

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ३०, २०८२  | अपराह्न २:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । गृह मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक (वैशाख-असार) कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ। उक्त मूल्यांकनमा मोरङ जिल्ला प्रशासन कार्यालय देशभरका ७७ कार्यालयमध्ये सातौँ स्थानमा पर्न सफल भएको छ। दुई जिल्लाले समान अंक प्राप्त गरेकाले मोरङ सातौँ स्थानमा परेको हो।

मन्त्रालयका अनुसार उत्कृष्ट १० मा पर्ने जिल्ला प्रशासन कार्यालयहरू धनकुटा, नुवाकोट, पूर्व रुकुम, मनाङ, भक्तपुर, पर्वत, मोरङ, दाङ, पाटन (ललितपुर) र रुकुम पश्चिम छन्

बिज्ञापन

मूल्यांकन प्रशासनिक दक्षता, सेवा प्रभावकारिता, नागरिक बडापत्रको कार्यान्वयन, पारदर्शिता, कानुनी व्यवस्था, शान्ति-सुरक्षा, दर्ता तथा नागरिकता सेवा, र सुशासन प्रवर्द्धनजस्ता सूचकका आधारमा गरिएको हो।

गृह मन्त्रालयले मूल्यांकन प्रणालीमार्फत जिल्ला प्रशासन कार्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउने र सेवा प्रवाहलाई उत्तरदायी, जवाफदेही तथा जनमुखी बनाउने उद्देश्य राखेको जनाएको छ।

मोरङ कार्यालयले सार्वजनिक सेवामा पारदर्शिता, विवाद समाधानमा तदारुकता, सुशासन प्रवर्द्धन, र नागरिकता वितरणमा देखाएको दक्षताको आधारमा उत्कृष्ट सूचीमा स्थान पाएको हो।

मन्त्रालयका अनुसार मूल्यांकन नतिजा आगामी आवका नीति, योजना तथा अनुगमनका लागि मार्गदर्शकका रूपमा प्रयोग गरिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka