Premier Cables
Premier Steel

समाचार

मोरङका सिडिओको आग्रह:’अवस्था सामान्य बन्दैछ,तर सतर्क भने बसौं’

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २८, २०८२  | साँझ ४:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले जिल्लाको अवस्था बिस्तारै सामान्य बन्दै गएको जानकारी दिएका छन्।

उनले कर्फ्यू हटाइसकिएको र पहिलो प्राथमिकतामा सरकारी कार्यालयहरू पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए।

बिज्ञापन

यादवका अनुसार जनजीवन सामान्य अवस्थातर्फ फर्कँदैछ। उनले यातायात व्यवस्था पनि छिट्टै सहज हुने बताउँदै भने, “ट्राफिक पोस्टहरूको मर्मतपछि यातायात क्षेत्र पुनः सञ्चालनमा आउनेछ।”

उनले अस्थायी रूपमा टेन्टबाटै सरकारी सेवा सुरु गर्ने योजना रहेको पनि जानकारी दिए। तर सबै क्षेत्र पूर्ण रूपमा सामान्य नहुँदासम्म पहिलेकै जस्तो गतिविधि नगर्न तथा आवश्यक सतर्कता अपनाउन उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka