Premier Cables
Premier Steel

राजनीति

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहद्वारा सदनमै राजीनामा घोषणा

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २८, २०८२  | अपराह्न ३:१४ बजे
Hamro Biratnagar Headlines

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज प्रदेश सभा बैठकमै राजीनामा घोषणा गरेका छन्। विश्वासको मत लिने उद्देश्यले बसेको प्रदेश सभा बैठकमा उनले सम्बोधनको अन्त्यमा पदबाट राजीनामा दिने निर्णय सार्वजनिक गरेका हुन्।

सिंहले राजीनामा घोषणाअघि सरकार सञ्चालनका क्रममा आफूले भोगेका चुनौतीहरूबारे स्पष्ट रूपमा धारणा राखे। उनले विशेषगरी जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेश संसदीय दलका नेताहरूले सरकारलाई दिएको असहयोगप्रति कडा असन्तोष व्यक्त गरे।

बजेट निर्माणका क्रममा देखिएको विवाद उल्लेख गर्दै सिंहले पार्टी अध्यक्ष डा. सीके राउतले बजेटका विषयमा गुनासो गर्दा समेत सानो रकम (पाँच लाखसम्म) राख्नेलाई उल्टै प्रोत्साहन गरेको आरोप लगाए। उनले यसलाई दलको आन्तरिक समन्वयको कमी र नेतृत्वको एकल निर्णयको परिणामका रूपमा व्याख्या गरे।

मुख्यमन्त्री सिंहको राजीनामा पछि मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka