Premier Cables

शेयर बजार

नेप्से बढ्योः सबै समूहमा हरियाली

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २७, २०८२  | अपराह्न ३:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.७६ प्रतिशत अर्थात ४४.२५ अंकले बढेर २ हजार ५४७.६० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१७ प्रतिशतले बढेर ४४४.५४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको ९९ लाख ४ हजार ८७४ कित्ता सेयर ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

विज्ञापन

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले हिजो अस्तिको बजार चलखेल भएको कारण घटेको आरोप लगाए । पाण्डेले भने, ‘केही साथीहरुले कारोबार समयमा नकरात्मक स्टाटस लेखे । केही अफवाह फैलिए, त्यही कारण बजार प्यानिक भयो । तर आज धितोपत्र बोर्डको पहलमा लगानीकर्ताहरुलाई विश्वस्त पार्ने काम भएको , असोज मसान्तको प्रभाव पनि कम भएको कारण बजारमा सुधार आएको छ ।’

उनले अब मार्जिन कलको सम्भावना पनि कम हुँदै जाँदा बजारले गति लिने विश्वास व्यक्त गरे । अर्का बजार जानकार विरेन्द्र विष्टले अहिले बजार राजनीतिक महोलकै कारण घटेको प्रतिक्रिया दिए । उनले राजनीतिक विषय प्रष्ट हुने बित्तिकै बजारले गति लिने बताए। ‘अन्यथा बजार एक डेढ सय अंक तल माथी हुने हो,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज अन्य समूह सर्वाधिक अर्थात ५.०१ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह आज ०.२८ प्रतिशत, विकास बैंक १.४१, फाइनान्स १.०२, होटल ३.३५, हाईड्रो २.१०, लगानी २.२७,जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.५६, लघुवित्त ०.६३, म्युचुअल फण्ड ०.३२, निर्जीवन बीमा १.४४ र व्यापार समूह २.८१ प्रतिशतले बढ्यो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka