Premier Cables
Premier Steel

शेयर बजार

लगातार घटेको शेयर बजारमा दोहोरो अंकको वृद्धि

Calendar बिहिबार, असोज २३, २०८२  | साँझ ४:०५ बजे

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.८८ प्रतिशत अर्थात २२.५९ अंकले बढेर २ हजार ५८२.१८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०८ प्रतिशतले बढेर ४५१.३१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको १ करोड १८ लाख ३० हजार ७७ कित्ता सेयर ५ अर्ब २७ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बिज्ञापन

आज कारोबार खुलेको ३ मिनेटमा बजारमा ४ प्रतिशतको वृद्धिका साथ पोजेटिभ सर्किट लागेको थियो । २० मिनेटपछि खुलेको बजारमा भने खासै आकर्षण देखिएन ।

आजको बजारबारे विश्लेषण गर्दै बजार जानकार अजय सिंह थापाले आजको बजारमा ४ प्रतिशतको बढोत्तरी गरेर खेलाडीले माहोल बिगारेको आरोप लगाए । थापाले राष्ट्रबैंकको नीतिले मात्रै सेयर बजार नघटेको र हिजोको परिमार्जित नीतिले पनि बजार नबढ्ने ठोकूवा गरे । ‘यही परिमार्जित नीतिले बजार बुल जाँदैन । बजार बढ्नलाई नेपालको अर्थतन्त्रमा नै सुधार आउनु पर्छ । आन्दोलन र बाढी पहिरोले बैंक तथा वित्तिय संस्थाको खराब कर्जा झनै बढ्ने देखिन्छ । आइएमएफ र विश्व बैंकले पनि नेपालको आथिैक बृद्धि दर आधा हुने भनेका छन्,’ उनले भने ।

अबको बजारको दिशा राजनीतिक परिघट्नाले नै निधारण गर्ने समेत उनले बताए । उनले थपे, ‘यदि समयमा चुनाव भएर जनताले रुचाएको व्यक्ति सत्तामा आए बजारमा पनि सुधार आँउछ । होइन भने बजारको अबस्था अनिश्चित देखिन्छ ।’ थापाले बजारमा केही अगुवा नेताहरुले सर्वसाधरण लगानीकर्ताहरुलाई सेयर बजारको विषयमा यथार्थ नभनेर भ्रम छरेको पनि आरोप लगाए ।

त्यसैगरि, अर्का बजार जानकार देव गुरागाँइले पनि आजको बजारले राष्ट बैंकको नीतिलाई स्वागत नगरेको बताए । गुरागाँइले देशमा अनिश्चिता बढ्दै गए पछि लगानीकर्ताहरुले लगानी डाइभर्ट गरेर सुन तथा नगदमा नै जोड दिएको हुनसक्ने आँकनलन गरे । उनले पनि अबको बजारको दिशा भनेको आगामी राजनीतिक परिदृष्यले नै निर्धारण गर्ने बताए ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज लगानी समूह सर्वाधिक अर्थात १.६१ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह पनि आज १.०७ प्रतिशत, विकास बैंक १.०८, फाइनान्स १.२३, होटल ०.९२, हाईड्रो ०.९५, जीवन बीमा १.३०, उत्पादन तथा प्रशोधन १.०३, लघुवित्त ०.९५, म्यचुअल फण्ड ०.१७,निर्जीवन बीमा ०.९३ र अन्य समूह ०.२३ प्रतिशतले बढ्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka