Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इजरायल-हमास युद्ध अन्त्य गर्ने सहमति, पहिलो चरणको योजना पारित

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २३, २०८२  | बिहान ६:५५ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । इजरायल र हमासबीच चलिरहेको युद्ध अन्त्य गर्न शान्ति प्रक्रियाको पहिलो चरणमा सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षले योजनामा हस्ताक्षर गरेको पुष्टि गरेका छन्।

उनका अनुसार, आगामी सोमबारदेखि बन्धकहरू रिहा गर्ने तयारी गरिएको छ। “यसको अर्थ सबै बन्दीहरू चाँडै मुक्त हुनेछन्, र इजरायलले आफ्नो सेना सहमतिको सीमासम्म फिर्ता गर्नेछ,” ट्रम्पले बिहीबार बिहान ‘ट्रुथ सोसल’ मा लेखेका थिए।

बिज्ञापन

इजरायल र हमासबीच सोमबारदेखि इजिप्टको शर्म एल-शेखमा वार्ता भइरहेको थियो। उक्त वार्तामा अमेरिकी विशेष दूत र कतारी प्रधानमन्त्रीको पनि सहभागिता रहेको थियो। अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा भएको वार्ताले गाजामा युद्धविराम गर्ने सहमति जुटाएको हो।

इजरायल सरकारले बिहीबार मन्त्रिपरिषद् बैठकमार्फत शान्ति योजनाको पहिलो चरण पारित गरेसँगै युद्धविराम लागु हुने भएको छ। इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले यो दिनलाई इजरायलका लागि “महत्वपूर्ण दिन” भनेका छन्। उनले चाँडै बन्धकहरू घर फर्किने आशा व्यक्त गरेका छन्।

राष्ट्रपति ट्रम्पले वार्ता सफल भएपछि आगामी केही दिनमै मध्यपूर्व यात्रा गर्ने तयारी पनि गरेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka