Premier Cables
Premier Steel

शेयर बजार

दुई दिनमा नेप्से परिसूचक १०४ अंकले गिरावट

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २२, २०८२  | अपराह्न ३:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक १.७४ प्रतिशत अर्थात ४५.३६ अंकले घटेर २ हजार ५५९.५९ विन्दुमा सीमित बनेको छ । यससँगै दुई दिनमा नेप्से परिसूचक १०४ अंकले घटेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७९ प्रतिशतले घटेर ४४६.४७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३५ वटा स्क्रिप्टको १ करोड ३७ लाख ४९ हजार ५०४ कित्ता सेयर ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बिज्ञापन

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘हिजो र आजको बजारमा प्यानिक सेल आउनुको मूख्य कारण भनेको व्यवसायिक क्षेत्रमा भएको आक्रमण नै हो । जसको असर पूँजीबजारमा देखिएको छ । सरकारले व्यवसायिक क्षेत्रलाई विभिन्न छुट दिएर सम्बोधन गर्यो तर पूँजीबजारको विषयमा सम्बोधन गर्न बिलम्ब हुँदा बजारमा लगानीकर्ताले ठूलो क्षति व्यहोरेका छन् । ’

पाठकले तत्काल पूँजीबजार सुधार कार्यदलले दिएका सुझाव कार्यन्वयनमा लैजान पनि सम्बन्धित निकायसँग माग गरे । पूँजीबजार सुधार कार्यदलले दिएका सुझाव कार्यन्वयन गर्न जति ढिलो भयो लगानीकर्ताहरुले त्यति नै क्षति व्यहोर्नु पर्ने भन्दै पाठकले लगानीकर्ताको मनोबल बढाउने काम अविलम्ब गर्न पनि सुझाए ।

त्यसैगरि नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले पनि पूँजीबजार सुधार कार्यदलको सुझाव कार्यान्यनमा ढिला हुँदा नै बजारमा गिरावट आएको तर्क गरे । उनले यसै विषयलाई लिएर आफूहरु नेपाल राष्ट्र बैंक पुगेको पनि जानकारी दिए ।

पाण्डेले केही उधारो हिसाब मिलान र अफवाह समाचारका कारण समेत आज बजार घटेको प्रतिकृया दिए । कार्यदलका सुझाव कार्यान्वयनमा आए पछि बजार सम्हालिने पनि उनको विश्वास रहेको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज फाइनान्स समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ३.०२ प्रतिशतले घट्यो ।

यस्तै बैंकिङ समूह १.४८ प्रतिशत, विकास बैंक २.२८, होटल ३.०२, हाईड्रो २.३४, लगानी २.०२, जीवन बीमा १.६४, उत्पादन तथा प्रशोधन १.०६, लघुवित्त १.८९, म्युचुअल फण्ड ०.८९, निर्जीवन बीमा २.०६, अन्य १.२४ र व्यापार समूह ०.४३ प्रतिशतले घट्यो ।


धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २६ करोड १६ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै युनियन हाईड्रोपावरको २४ करोड ४९ लाख, सिनर्जी पावरको २२ करोड ५० लाख, एनआरएन इन्फ्रास्ट्रकचरको १८ करोड ५ लाख र हिमालयन रि इन्स्योरेन्सको १७ करोड ७१ लाख बढीको सेयर कारोबार भयो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka