Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar आइतबार, जेठ २५, २०८२  | साँझ ४:४३ बजे

काठमाडौं । नेप्से सूचक आइतबार ११.०६ विन्दुले घटेको छ । यससँगै सूचक २६२९.८९ अंकमा आएको छ । ९ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् भने २ वटा नै नकारात्मक सर्किटमा कारोबार भएको छ । हाइड्रोपावर समूहमा सकारात्मक माहोल देखिएको छ ।

बिज्ञापन

समग्रमा भने सेयर बजारको साइडवेज प्रवृत्तिले आइतबार पनि निरन्तरता पाएको छ । बजारमा सेयरहरु एकुमुलेसन भइरहेको देखिन्छ ।

तर यो गति निकै सुस्त हिसाबले चलेको छ । केही निश्चित कम्पनीहरुको दैनिक कारोबार रकम उच्च छ । तर समग्र बजारको कारोबार रकम भने न्यून नै रहेको पाइन्छ ।

केन्द्रीय बैंकले हालैमात्र ठूला कर्जाका लागि जोखिमभार कम गरेकाले ठूला तथा संस्थागत लगानीकर्ताहरुले विस्तारै तयारी गरिरहेको बजारमा विश्ल्ेषणहरु भइरहेका छन् ।

यसकारण पनि साइडवेजको समय लामो र एकुमुलेसन प्रक्रिया सुस्त हुन गएको देखिन्छ ।

बजारले निकै लामो समय साइडेजमा बिताएका छ । अब असार लागेसँगै बजारले केही सय अंकको तलमाथि गरेर समग्रमा साइडवेज समय बिताएको पनि करिब ११ महिना हुन्छ । यो भनेको निकै लामो समयअवधि हो ।

महिनौंदेखि नेप्से २५ सयमाथि र २८ सय विन्दुमुनि घुमिरहेको छ । अर्थात् करिब ३ सय अंकलाई आधार बनाएर नेप्से घुमेको घुम्यै छ । गत वर्ष करिब ३ हजारको आसपासमा पुगेर फर्किएपछि नेप्सेले उक्त विन्दुसम्म पुग्नै सकेको छ । त्यसभन्दा तल नै रहेर घुमेको घुम्यै छ । यसआधारमा हेर्दा बजार निकै लामो समय औसतमा सीधा रेखामै रहेको देखिन्छ ।

नेप्से २५ सयआसपासबाट तल झर्न नसकेकाले यसको यात्रा अब माथितिरकै हुने धेरैको बुझाई र विश्लेषण छ । विभिन्न सूचकहरुले पनि यही सम्भावनालाई संकेत गरिरहेको छ । मुख्य कुरा बैंक ब्याजदर निकै तल्लो विन्दुमा झरेको छ ।

यतिबेला बैंकमा निक्षेप राखेर खासै ब्याज आउने अवस्था छैन । यसकारण निक्षेपकर्ताहरु विकर्षित भइरहेको देखिन्छ ।

यस्तै, लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन् । घरजग्गा व्यवसाय समस्यामा परेको छ । नयाँ उद्योगधन्दा पनि खासै खुल्न सकेको छैन । समग्र अर्थतन्त्र अझै मन्दीमै छ ।

यस्तो अवस्थामा सुरुवातमा सेयर बजारले नै सकारात्मक संकेतहरु दिन सक्ने अनुमान गरिएको छ । थला परेको अर्थतन्त्र सुधारको प्रस्थान विन्दु सेयर बजार हुन सक्ने संकेत देखिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka