Premier Cables
Premier Steel

विराटनगर

जिल्ला प्रशासन मोरङको सेवा असोज २२ बाट, राहदानी र राष्ट्रिय परिचय पत्र नदिने

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १९, २०८२  | अपराह्न १:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हालै देशव्यापी रूपमा चलेको ‘जेन-जी’ आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट भौतिक रूपमा ठूलो क्षति पुगेको जिल्ला प्रशासन कार्यालय, मोरङले आंशिक सेवाहरू पुनः सञ्चालन गर्ने भएको छ ।

कार्यालयले आज जारी गरेको सूचनाअनुसार असोज २२ गतेदेखि राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बाहेक अन्य सेवाहरू (जस्तै: नागरिकता, संस्था दर्ता/नवीकरण, हतियार दर्ता, आदि) सुधार भएअनुसार सञ्चालन हुने भएका हो।

बिज्ञापन

सेवा पूर्ण रूपमा कहिले खुल्छ ?
राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू भने तत्कालका लागि अनिश्चितकालसम्म अवरुद्ध नै रहनेछन्।
सूचनामा नागरिकता सम्बन्धी सेवाग्राहीलाई एक विशेष अनुरोध गरिएको छ। कार्यालयमा रहेको नागरिकताको अभिलेख/ढड्डा जली/नष्ट भएको हुनाले, नागरिकताको प्रतिलिपि जारी गर्ने सम्बन्धमा गृह मन्त्रालयबाट निर्देशन प्राप्त भएपछि मात्र जानकारी गराउने व्यहोरा समेत अनुरोध गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले यस सम्बन्धमा जानकारी दिएका छन् ।

राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू भने तत्कालका लागि अनिश्चितकालसम्म अवरुद्ध नै रहनेछन्।

सूचनामा नागरिकता सम्बन्धी सेवाग्राहीलाई एक विशेष अनुरोध गरिएको छ। कार्यालयमा रहेको नागरिकताको अभिलेख/ढड्डा जली/नष्ट भएको हुनाले, नागरिकताको प्रतिलिपि जारी गर्ने सम्बन्धमा गृह मन्त्रालयबाट निर्देशन प्राप्त भएपछि मात्र जानकारी गराउने व्यहोरा समेत अनुरोध गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka