Premier Cables
Premier Steel

समाचार

विपत पूर्वतयारीका लागि मोरङ जिल्ला प्रशासनले दियो निर्देशन

Calendar शुक्रबार, असोज १७, २०८२  | अपराह्न १२:१० बजे

विराटनगर ।‌ मुलुकमा मनसुनको प्रभाव अझै जारी रहेको र असोज १७ देखि २० गतेसम्म भारी वर्षा तथा प्रतिकूल मौसमको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले विपत पूर्वतयारी तथा प्रतिकार्यका लागि महत्वपूर्ण निर्देशन जारी गरेको छ।

विशेषगरी रात्रिकालिन समयमा डुबान र कटानका घटनाहरूमा विशेष सतर्कता अपनाउन भनिएको छ।

बिज्ञापन

प्रशासनले निम्न सतर्कता अपनाउन निर्देशन दिएको छ ।

१. जिल्लाका नदी किनार, सिंगिया खोला र खरिया खोला आसपासका क्षेत्रहरूमा डुबान र कटानको जोखिम रहेकाले ती स्थानहरूमा बसोबास गर्ने स्थानीयहरूलाई पूर्व सूचना र बाढी/प्रकोपको अवस्थामा सुरक्षित स्थानमा स्थानान्तरण हुनका लागि तयारी अवस्थामा रहन सूचित गरिएको छ।

२. विपत सम्बन्धी काम गर्ने र स्थानीय तहका निकायहरूले विपतको पूर्व सूचना र जानकारीलाई संचार माध्यम, कार्यालयको पेज, र स्थानीय संचार माध्यमबाट प्रभावकारी रूपमा सम्प्रेषण गर्नुपर्नेछ।

३. विपत पूर्वतयारी तथा प्रतिकार्य योजनाका लागि स्थानीय तहमा रहेको (स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र) हरू पूर्णतः योजना अनुसार सक्रिय रहनेछन्। सबै स्थानीय तहले स्थानीय स्वयंसेवक, गैर सरकारी संस्था र निजी क्षेत्रसँग समन्वय र सहभागिताका लागि अनुरोध गरिएको छ।

४. विपत प्रतिकार्यका लागि आवश्यक पर्ने खाद्यान्न र नेपाली सेनाको हेलि स्टेसनमा रहेका सवारी साधन तथा अन्य उपकरणहरूको जानकारी सम्बन्धित स्थानीय तह र निकायहरूलाई गराउन भनिएको छ।

५. विपत पूर्वतयारी तथा प्रतिकार्यका लागि सुरक्षा सम्बद्ध निकायका पदाधिकारीहरू सम्मिलित कमाण्ड पोस्ट बनाएर काम गर्ने र नियमित समन्वय कायम गर्ने।

६. जिल्लामा पहिचान भएका जोखिमयुक्त स्थानहरूमा सचेतना र प्रतिकार्यका लागि आवश्यक निर्देशन दिने।

७. विपत प्रतिकार्यका लागि स्टेसनमा राखिने स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी जिल्लामा संचालित स्वास्थ्य संस्था र अस्पतालहरूलाई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।

८. विपत सूचनाका लागि नेपाल प्रहरीको टोल फ्रि नम्बर १०० र सशस्त्र प्रहरी नेपालको टोल फ्रि नं. १११२४ मा सम्पर्क गर्न सकिनेछ। यसका साथै, विपद व्यवस्थापनको काममा खटिएका पदाधिकारीहरू (९८५२०५०७७७, ९८५२०५०५५५, ९८५२०२२३३६, ०२१४४३००१, ९८६०१२२७२२, ९८५०७८५५२२) को फोन नम्बरमा पनि सम्पर्क गर्न सकिने जानकारी गराइएको छ।

९. प्रतिकार्य र पूर्वतयारीका सबैका लागि प्रयोग हुने ठूला उपकरणका लागि हेभी इक्विपमेन्ट डिभिजन, स्थानीय तह र निजी क्षेत्र तथा आपूर्ती प्रणाली सहज र भरपर्दो बनाउन सरोकारवाला सबै निकाय परिचालन गर्नेछन्।
यससँगै जिल्ला प्रशासन कार्यालयले सबै सरोकारवाला निकाय र आम नागरिकलाई विपत जोखिम न्यूनीकरणमा सक्रिय सहभागिताका लागि अपील गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka