Premier Cables
Premier Steel

समाचार

रंगेली नवौं पैदल निसान यात्रामा हजारौं भक्तजन सहभागी

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज १५, २०८२  | बिहान १०:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । श्रीरंगेली कालीमाताको नवौं पैदल निसान (ध्वजा) यात्रा बुधबार बिहान विराटनगरस्थित श्रीकाली मन्दिरबाट सुरु भएको छ।

बिहान ५ बजे प्रारम्भ भएको यस धार्मिक यात्रामा पाँच हजारभन्दा बढी भक्तजन सहभागी भएका छन्।

बिज्ञापन

निसान यात्राको आयोजना मूल समारोह समितिद्वारा गरिएको हो। समितिका संस्थापक तथा सदस्य शौरभ अग्रवालका अनुसार यात्रामा नेपालका विभिन्न सहरहरू -इटहरी, भैरहवा, बुटवल – साथै भारतका भक्तजनहरूको पनि उल्लेखनीय उपस्थिति थियो।

पैदल यात्रा विराटनगरदेखि रंगेलीस्थित प्राचीन श्रीकाली मन्दिरसम्म (खाली खुट्टा) गरिन्छ। अग्रवालले बताए अनुसार यात्राका क्रममा विभिन्न आठ विश्राम स्थलहरू तोकिएका छन ।

जसमा कटहरीको सेलोतेल उद्योग अगाडि, रामचोक, आनन्द इट्टा–दादरबैरिया, कर्सिया बजार, कर्सिया मिल, एसीसी इट्टा, बेतौन र ससारीमाई पर्छन्।

विशेष धार्मिक वातावरणमा सम्पन्न यो निसान यात्रा भक्तजनहरूको आस्थाको प्रतीक मानिन्छ। यात्राको समापन रंगेलीस्थित प्राचीन श्रीकाली मन्दिरमा पूजा-अर्चना गरी गरिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka