Premier Cables
Premier Steel

राष्ट्रिय

सार्वजनिक कार्यक्रममा देखिए केपी ओली, भने- विदेश भाग्दिन

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज ११, २०८२  | अपराह्न २:१३ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले केही उच्च पदस्थ व्यक्तिहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरिरहेको भन्दै कडा आपत्ति जनाएका छन्।

शनिबार भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रममा बोल्दै ओलीले सरकारले अनावश्यक हल्ला र आशंका फैलाइरहेको आरोप लगाए। “अहिले म सुनिरहेको छु, सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ,” उनले भने, “पासपोर्ट रोक्ने कुरा भइरहेको छ, के ठानेको हो सरकारले? हामी ‘हाहु’ सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्छौं र?”

बिज्ञापन

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूहरूको उद्देश्य देश बनाउने र संविधानिक लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने रहेको स्पष्ट पारे।

“हामीले यो देश बनाउनुपर्छ, फेरि पनि हामी यो देशलाई संवैधानिक र लोकतान्त्रिक मूल धारमा ल्याउँछौं,” ओलीको भनाइ थियो।

उनले हालको सरकारप्रति आलोचना गर्दै, जनताको विश्वास गुमाउँदै गएको र विपक्षीहरूलाई अनावश्यक रूपले डर देखाउन खोजिएको आरोप पनि लगाए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka