Premier Cables

राष्ट्रिय

के नेपाल चिनियाँ सुरक्षा रणनीतिमा सामेल भएको हो ? नेपाली पक्षको अस्वीकार

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १७, २०८२  | बिहान ८:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटपछिको भ्रमणमा चीनले नेपालले आफ्नो सुरक्षा रणनीति ग्लोबल सेक्युरिटी इनिसियटिभ (जिएसआई) मा समर्थन जनाएको दाबी गरेको छ।

तर, नेपाल सरकारका अधिकारीहरूले उक्त दाबी अस्वीकार गरेका छन्।

विज्ञापन

चिनियाँ विदेश मन्त्रालयले दुई नेताबीचको वार्तापछि जारी गरेको विज्ञप्तिमा नेपालले जिएसआई , ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जिडिआई) र ग्लोबल सिभिलाइजेशन इनिसियटिभ (जिएसआई) मा समर्थन जनाएको उल्लेख गरेको थियो। तर, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले नेपालले केवल ग्लोबल डेभलपमेन्ट इनिसियटिभ प्रतिनै चासो देखाएको स्पष्ट पारेका छन।

जिएसआई चीनको सुरक्षा रणनीति हो, जुन राष्ट्रपति सीले सन् २०२२ मा प्रस्तुत गर्नुभएको थियो। यो अमेरिकी इण्डो–प्यासिफिक स्ट्राटेजी (आइपीएस) र स्क्वाडको विकल्पका रूपमा हेरिन्छ।

चिनियाँ पक्षको दाबीबारे हालसम्म नेपाल सरकारले औपचारिक प्रतिक्रिया नजनाए पनि, भेटवार्तामा सहभागी नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूले वार्ताका क्रममा जिएसआई को विषय नउठेको बताएका छन्।

प्रधानमन्त्री ओलीको टोलीसँगै चीन गएका शिक्षामन्त्री रघुजी पन्तले नेपालले चिनियाँ सुरक्षा रणनीतिमा कुनै प्रकारको समर्थन नगरेको प्रस्ट पारेका छन । त्यसैगरी, सत्तारूढ एमालेका नेताहरूले पनि नेपाल जिएसआई मा सहभागी नभएको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले नेता डा. राजन भट्टराईले नेपाल कुनै पनि सैन्य रणनीतिमा संलग्न नहुने बताए। उनले प्रधानमन्त्रीको भ्रमण टोलीकै तर्फबाट जिएसआईमा समर्थन नभएको विषयमा खण्डन भइसकेको दाबी गरे ।‌

नेपालको संविधान र असंलग्न परराष्ट्र नीति अनुसार, कुनै पनि राष्ट्रको सुरक्षा रणनीतिमा संलग्न हुनु उपयुक्त नहुने बताइएको छ। यसअघि पनि व्यापक विरोधका कारण नेपाल अमेरिकी आइपीएस मा सहभागी हुने प्रयास रोकिएको थियो, र अहिल जिएसआई मा सहभागी गराउने प्रयासप्रति पनि सावधानी अपनाइएको देखिन्छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka