Premier Cables
Premier Steel

विराटनगर

आगजनी भएको विराटनगर महानगरको भवन ‘प्रयोग अयोग्य’

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज ०७, २०८२  | बिहान ११:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। जेन–जेड आन्दोलनको पहिलो दिन, भदौ २३ गते, प्रदर्शनकारीहरूले विराटनगर महानगर कार्यालय भवनमा तोडफोड गर्ने प्रयास गरेका थिए।

सो दिन कार्यालयमा ढुंगामुढा मात्रै भएको थियो। तर भदौ २४ गतेको उग्र प्रदर्शनमा भवनमा आगजनी गरियो।

बिज्ञापन

महानगर कार्यालयमा लागेको आगो तीन दिनसम्म नियन्त्रणमा आउन सकेन। आगजनीका कारण कोशी प्रदेशको एकमात्र महानगरको प्रशासनिक भवन प्रयोग गर्न अयोग्य बनेको प्रारम्भिक प्राविधिक परीक्षणले देखाएको छ।

अहिले इन्जिनियरहरूको टोलीले क्षतिग्रस्त भवनको ‘र्‍यापिड भिजुअल एसेसमेन्ट’ गरिरहेका छन्। मनमोहन प्राविधिक विश्वविद्यालय, नेपाल इन्जिनियरिङ एसोसिएसन कोशी र पूर्वाञ्चल विश्वविद्यालयका एक दर्जनभन्दा बढी इन्जिनियरहरू परीक्षणमा संलग्न छन्।

महानगरपालिकाको उत्तरतर्फको भवन करिब ४० वर्ष पुरानो र दक्षिणतर्फको भवन १६ वर्ष पुरानो रहेको जनाइएको छ।

इन्जिनियरहरूले गरेको परीक्षणको अन्तिम नतिजा भने सार्वजनिक गर्न बाँकी रहेको महानगरले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka