Premier Cables
Premier Steel

कोशी प्रदेश

मेयर कोइरालाद्वारा एकता र सहिष्णुताको आह्वान

Calendar आइतबार, फाल्गुण ०३, २०८२  | बिहान ७:५८ बजे

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महाशिवरात्रिको अवसरमा महानगरवासीमा शुभकामना व्यक्त गर्दै समृद्ध र एकतामूलक सहर निर्माणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

आइतबार जारी शुभकामना सन्देशमा उनले महाशिवरात्रि आत्मशुद्धि, धैर्य र सकारात्मक ऊर्जाको पर्व भएको उल्लेख गर्दै सत्य, तपस्या, संयम र समर्पणका प्रतीक भगवान् शिवको आराधनाले समाजमा सहिष्णुता र सद्भाव प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार महाशिवरात्रि धार्मिक आस्थाको पर्व मात्र नभई नेपाली समाजको संस्कृति र सभ्यताको महत्वपूर्ण आधारसमेत हो ।

कोशी प्रदेशको राजधानीका रूपमा विकसित हुँदै गएको विराटनगर धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न सहर भएको उल्लेख गर्दै मेयर कोइरालाले रानी पोखरी क्षेत्रलगायत विभिन्न टोल‍-समुदायमा रहेका शिवालयहरूले सहरको आध्यात्मिक पहिचान सुदृढ बनाउँदै आएको बताए । शिवरात्रिका अवसरमा मन्दिरहरूमा देखिने भक्तजनको सहभागिता, दीपमालाको झिलिमिली र भजन–कीर्तनले सहरमा सकारात्मक ऊर्जा प्रवाह हुने उनको भनाइ छ ।

विविध जातजाति, भाषा र संस्कृतिको संगमस्थलका रूपमा रहेको विराटनगरमा मनाइने महाशिवरात्रिले धार्मिक सहिष्णुता र सामाजिक एकतालाई थप मजबुत बनाएको धारणा उनले राखे। पर्वले आन्तरिक अन्धकार हटाई सत्य र न्यायको मार्गमा अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्दै उनले समृद्ध, व्यवस्थित र समावेशी विराटनगर निर्माणमा महानगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे।

मेयर कोइरालाले महाशिवरात्रिको अवसरले सबैको जीवनमा शान्ति, सुख, समृद्धि र सुस्वास्थ्य ल्याओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka