Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा आज यातायात बन्दको आहृवान

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | बिहान १०:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुशासन कायम गर्नुपर्ने र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता लिनुपर्ने मागसहित सोमबार भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको विरोधमा युवा पुस्ताले विराटनगरमा मंगलबारदेखि यातायात बन्दको आह्वान गरेका छन्।

आन्दोलनरत ‘जेन जेड’ पुस्ताका युवाहरूले बिहान ११ बजेदेखि सवारी साधन नचल्ने घोषणा गरेका हुन्। “तपाईंहरूले बिहान ११ बजेसम्म आफ्नो आवश्यक काम सक्नुहोला, त्यसपछि यातायात बन्द हुन्छ,” भन्दै उनीहरूले सार्वजनिक रूपमा सूचना जारी गरेका छन्।

बिज्ञापन

यता, स्थानीय प्रशासनले मोरङको अवस्था सामान्य रहेको जनाएको छ। तर, सुनसरीको इटहरीमा भने स्थिति अझै तनावग्रस्त छ।

इटहरीमा सोमबार प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो। त्यसपछि प्रशासनले शहरभरि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो, जुन अझै यथावत छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa