Premier Cables
Premier Steel

समाचार

इटहरी र दमकमा गोली लागेर घाइते चार प्रदर्शनकारी गम्भीर, थप उपचारका लागि रिफर

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | साँझ ५:४९ बजे
Hamro Biratnagar Headlines

विराटनगर। सुनसरीको इटहरी र झापाको दमकमा जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका चार प्रदर्शनकारीलाई थप उपचारका लागि विभिन्न अस्पतालहरूमा रिफर गरिएको छ।

इटहरीमा तीन जना प्रदर्शनकारी घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। सबै घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ। प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

बिज्ञापन

यता, दमकमा भएको प्रदर्शनमा गोली लागेर घाइते भएका एक जनालाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल रिफर गरिएको छ। दमक अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार २६ वर्षीय युवकलाई देब्रे खुट्टामा गोली लागेको हो। अवस्था गम्भीर देखिएपछि उनलाई तत्काल बीएण्डसी अस्पताल पठाइएको जनाइएको छ।

अन्य दुई घाइतेको दमक अस्पतालमै उपचार भइरहेको छ भने थप घाइते आउने क्रम जारी रहेको अस्पताल स्रोतले जनाएको छ।

दमकमा प्रदर्शनकारीहरूले नगरपालिका कार्यालय कब्जा गर्ने प्रयास गरेका थिए, जसपछि प्रहरीले बल प्रयोग गर्दै भिड नियन्त्रणमा लिएको थियो।

दमकको अवस्था अझै नियन्त्रणमा आउन नसकेको र थप सशस्त्र प्रहरीसहितको सुरक्षा बल परिचालन गरिएको प्रशासनले जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka