Premier Cables
Premier Steel

राष्ट्रिय

जेनजी नाराः ‘केपी इज अलवेज इन स्टेरोइड’ !

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | बिहान १०:०३ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । सन् १९९७ देखि २०१२ बीच जन्मिएका जेनरेशन जेड (जेनजी) पुस्ताले सोमबारदेखि काठमाडौंमा प्रदर्शन सुरू गरेका छन्।

सोमबार बिहान माइतीघरमा भेला भएका उनीहरूले सरकारद्वारा सामाजिक सञ्जाल बन्द गरिएको र बढ्दो भ्रष्टाचारको विरोधमा प्रदर्शन थालेका हुन्।

बिज्ञापन

यस प्रदर्शनको तयारीका लागि केही युवाहरू आइतबार नै माइतीघरमा जम्मा भई छलफलमा बसेका थिए। कार्यक्रमअनुसार, उनीहरूले बिहान ११ बजे माइतीघरबाट शान्तिपूर्ण मार्चपास गर्दै बानेश्वरसम्म जाने योजना बनाएका छन्।

प्रदर्शनका क्रममा कुनै भाषण नहुने, बरु नाचगान, कला र सांस्कृतिक कार्यक्रममार्फत सन्देश दिइने बताइएको छ।

काठमाडौं मात्र नभई पोखरा, दाङ लगायतका विभिन्न शहरहरूमा पनि आजैदेखि जेनजी पुस्ताले समान रूपमा प्रदर्शन थालिरहेका छन्।

उनीहरूको आन्दोलनप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ऐक्यबद्धता जनाएका छन्।

हेरौं केही नारा

1.kp is always in Steroid,
2.Stop corruption
3. We pay you flex enough
4. kata hine ko tax lutera
5. Khadga prasadko ego sagarmatha bhanda Aglo
6. If you ban online, We’ll come offline

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka