Premier Cables
Premier Steel

विराटनगर

मोहम्मद डेको अवसरमा विराटनगरमा निकालियो धार्मिक र्‍याली (तस्बिरहरु)

Calendar शुक्रबार, भाद्र २०, २०८२  | बिहान १०:११ बजे

विराटनगर । विराटनगरमा इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मोहम्मद डेको भव्य रुपमा मनाइएको छ ।

मुस्लिम समुदायले शुक्रबार बिहान विराटनगरमा एउटा धार्मिक रर्याली आयोजना गरेका छन् । विराटनगरको मेनरोडमा अवस्थित जामा मस्जिदबाट निस्किएको र्यालीले नगरका विभिन्न भाग परिक्रमा गरेको थियो । आफ्नो मौलिक र नेपाली पोसाकमा सजिएर मुस्लिम युवक युवतीहरु र्यालीमा सहभागी भएका थिए ।

पर्वको अवसरमा शुक्रबार विराटनगर महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

बिज्ञापन

महानगरपालिकाले एक सूचना जारी गर्दै भदौ २० गते (सेप्टेम्बर ५) शुक्रबारका दिन मुस्लिम समुदायको धार्मिक पर्व मोहम्मद डेलाई सम्मानपूर्वक मनाउनका लागि सार्वजनिक बिदा घोषणा गरेको हो।

बिदाको निर्णय अनुसार महानगरभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, तथा अन्य सार्वजनिक निकायहरू बन्द रहनेछन्।


मोहम्मद डेलाई इस्लाम धर्मावलम्बीहरूले पैगम्बर मोहम्मदको जन्म दिवसका रूपमा मनाउने गर्दछन्। यो पर्व विशेष रूपमा प्रार्थना, धार्मिक सभा तथा समाजसेवामूलक गतिविधिहरूका साथ मनाइन्छ।

विराटनगरमा मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेको हुँदा महानगरपालिकाले यो निर्णय लिएको जनाइएको छ। स्थानीय मुस्लिम समुदायले महानगरको निर्णयप्रति आभार व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka