Premier Cables
Premier Steel

विराटनगर समाचार

विराटनगरमा १५०१औँ मोहम्मद जयन्तीमा दुई हजार बढीको र्‍याली

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १०, २०८३  | साँझ ५:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । इस्लाम धर्मावलम्बीका पैगम्बर हजरत मोहम्मदको जन्मजयन्ती अर्थात् १५०१औँ मोहम्मद जयन्तीको अवसरमा बुधबार विराटनगरमा धार्मिक र्‍याली निकालिएको छ।

विराटनगर–९ स्थित अन्जुमन इस्लामिया जामा मस्जिदको आयोजनामा निकालिएको र्‍यालीमा करिब दुई हजार मुस्लिम धर्मावलम्बीको सहभागिता रहेको थियो। र्‍यालीको शुभारम्भ तथा कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री मा. गोम्बु शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो। सो अवसरमा मन्त्री शेर्पाले नेपाली राष्ट्रिय झण्डा फहराएर कार्यक्रमको शुभारम्भ गरेका थिए।

बिज्ञापन

जामा मस्जिदबाट सुरु भएको र्‍याली ट्राफिक चोक, भट्टीमोड, भृकुटी चोक र जलजला चोक हुँदै पुनः जामा मस्जिदमै पुगेर समापन भएको थियो।

र्‍यालीमा मुस्लिम धर्मावलम्बीहरू धार्मिक झण्डा,नेपाली रास्तृय झन्डा तथा  ब्यानरसहित सहभागी भएका थिए। सहभागीहरूले पैगम्बर मोहम्मदका शिक्षा, शान्ति, मानवता, भाइचारा र सामाजिक सद्भावको सन्देश प्रवाह गरेका थिए।

मोहम्मद जयन्तीलाई मुस्लिम समुदायले ‘ईद मिलादुन्नबी’ का रूपमा पनि मनाउने गर्छ। यो इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मदको जन्मजयन्तीको स्मरणमा मनाइने महत्वपूर्ण धार्मिक अवसर हो।
इस्लामिक पात्रोअनुसार रबिउल अव्वल महिनामा पर्ने यस अवसरमा मुस्लिम समुदायले पैगम्बर मोहम्मदको जीवन, उहाँका शिक्षा तथा मानवता, शान्ति, समानता, परोपकार र भाइचारासम्बन्धी सन्देशलाई स्मरण गर्ने गर्छन्।

मोहम्मद जयन्तीका अवसरमा मस्जिदमा धार्मिक प्रवचन, कुरान पाठ, प्रार्थना तथा सामाजिक कार्यक्रम आयोजना गर्ने परम्परा छ। कतिपय स्थानमा धार्मिक र्‍याली निकालेर आपसी एकता, शान्ति र सद्भावको सन्देशसमेत दिने गरिन्छ।

नेपालमा पनि मुस्लिम समुदायले विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी मोहम्मद जयन्ती मनाउँदै आएका छन्। यस वर्ष भदौ १० गते, बुधबार (२६ अगस्ट २०२६) मोहम्मद जयन्ती परेको छ र मुस्लिम समुदायका लागि सार्वजनिक बिदा रहेको छ।

विराटनगरमा अन्जुमन इस्लामिया जामा मस्जिदको आयोजनामा निकालिएको आजको र्‍यालीले धार्मिक आस्थासँगै सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भावको सन्देश दिएको आयोजकले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka