Premier Cables
Premier Steel

विराटनगर

मोहम्मद डेको अवसरमा शुक्रबार विराटनगरमा सार्वजनिक बिदा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १९, २०८२  | राती १०:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मोहम्मद डेको अवसरमा विराटनगर महानगरपालिकाले शुक्रबारका लागि सार्वजनिक बिदा दिएको छ।

महानगरपालिकाले एक सूचना जारी गर्दै भदौ २० गते (सेप्टेम्बर ६) शुक्रबारका दिन मुस्लिम समुदायको धार्मिक पर्व मोहम्मद डेलाई सम्मानपूर्वक मनाउनका लागि सार्वजनिक बिदा घोषणा गरेको हो।

बिज्ञापन

बिदाको निर्णय अनुसार महानगरभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, तथा अन्य सार्वजनिक निकायहरू बन्द रहनेछन्।

मोहम्मद डेलाई इस्लाम धर्मावलम्बीहरूले पैगम्बर मोहम्मदको जन्म दिवसका रूपमा मनाउने गर्दछन्। यो पर्व विशेष रूपमा प्रार्थना, धार्मिक सभा तथा समाजसेवामूलक गतिविधिहरूका साथ मनाइन्छ।

विराटनगरमा मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेको हुँदा महानगरपालिकाले यो निर्णय लिएको जनाइएको छ। स्थानीय मुस्लिम समुदायले महानगरको निर्णयप्रति आभार व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka