Premier Cables
Premier Steel

अर्थ

बंगलादेशले रोक्यो निर्यात, १० ट्रक नेपाली कुचो बंगलाबन्ध नाकामा ‘होल्ड’

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १९, २०८२  | बिहान ११:१२ बजे
Hamro Biratnagar Headlines

बिर्तामोड । बंगलादेशले प्लान्ट क्वारेन्टाइनका सर्त नपुगेको भन्दै नेपालबाट निर्यात हुने अम्लिसोको कुचोमा रोक लगाएको छ। यस कारण नेपालबाट पठाइएका १० वटा ट्रक बंगलादेशको बंगलाबन्ध नाकामा रोकिएका छन्।

नेपाल–बंगलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनका अनुसार, बंगलादेशको क्वारेन्टाइन कार्यालयले कुचोमा प्रयोग हुने केमिकल, धुलोको प्रभाव, तथा स्टिकर अनिवार्यता जस्ता विषयमा अनुगमन गर्न निर्यात रोकेको हो। कार्यालयले प्रत्येक कुचोमा कम्पनीको नाम, ठेगाना र ‘एक्जिट कोड’ उल्लेख भएको स्टिकर टाँस्नुपर्ने सर्त राखेको छ।

बिज्ञापन

अघिल्लो समय भारतमार्फत बंगलादेशमा कुचो निर्यात भइरहे पनि दुई देशबीचको सम्बन्ध बिग्रिएपछि भारतले मार्ग बन्द गरेको थियो। बर्माबाट हुने अवैध निर्यातसमेत बंगलादेशले नियन्त्रणमा लिएपछि नेपालबाट निर्यात तीव्र भएको हो।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा बंगलादेशमा २०४ टन कुचो निर्यात भएको छ भने भारतमा केवल साढे ३ टन पुगेको छ। गत वर्ष बंगलादेशमा ५४६ टन कुचो पठाइएको थियो।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले अम्लिसोको कुचोलाई पर्यावरणमैत्री र अर्ग्यानिक भन्दै सरकारले तत्काल बंगलादेशसँग कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन्। “डलरमा हुने निर्यात रोक्नु हुँदैन,” राउतले भने।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka