Premier Cables
Premier Steel

शिक्षा

मोरङ क्याम्पस प्राध्यापक संघको सभापतिमा नवीन अधिकारी चयन

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १७, २०८२  | बिहान १०:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, महेन्द्र मोरङ क्याम्पस, विराटनगरको नयाँ नेतृत्व चयन गरिएको छ। शुक्रबार सम्पन्न निर्वाचनबाट नवीन अधिकारी सभापतिमा निर्वाचित भएका छन्।

११ सदस्यीय कार्यसमितिमा डा. उपेन्द्र मेहता उपसभापति, ई. जयनाथ यादव सचिव, डा. राजेन्द्रप्रसाद चौधरी सहसचिव, र डा. युवराज साहू कोषाध्यक्षमा चयन भएका छन्। सदस्यहरूमा बाबुराम बुढाथोकी, डा. तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव रहेका छन्।

बिज्ञापन

निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका उम्मेदवार नवीन अधिकारी, डा. मेहता, ई. यादव, डा. चौधरी, डा. साहू र चम्लागाईं विजयी भएका थिए। बहुमत सदस्यको आधारमा उनीहरू पदाधिकारीमा चयन गरिएका हुन्।

अन्य विजयी सदस्यहरूमध्ये बुढाथोकी, निरौला र रेग्मी नेकपा (एमाले) निकट प्रगतिशील प्राध्यापक संगठनबाट तथा तामाङ र यादव माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनबाट निर्वाचित भएका थिए।

पदविभाजनपछि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयोजक प्राडा देवेन्द्र अधिकारीले सोमबार आयोजित एक समारोहका बीच प्रमाणपत्र वितरण गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka