Premier Cables
Premier Steel

कोशी प्रदेश

असोजदेखि इम्बोस्ड नम्बर अनिवार्य, कोशी प्रदेशमा कहाँ पाइन्छ सेवा ?

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १६, २०८२  | अपराह्न १२:३९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । सरकारले सवारी साधनमा यही असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै छ । तर, नागरिकमैत्री सेवा र आवश्यक पूर्वाधारको तयारीमा भने सर्वसाधारणको शंका छ ।

कोशी प्रदेशमा समेत यो सेवा कहाँ हुने भन्ने धेरैमा अन्योल छ । तर, सुरुवातमा सुनसरीको इटहरी र झापाको बिर्तामोडमा यो सेवा उपलब्ध हुने बताइएको छ । बाँकी जिल्लाका बासिन्दाले त्यही पुगेर सेवा लिनुपर्ने छ ।

बिज्ञापन

यातायात व्यवस्था विभागले सवारी दर्ता, नामसारी वा नवीकरण जस्ता सबै प्रक्रियामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने जनाएको छ। सवारीधनीले आफूलाई पायक पर्ने ठाउँमा पुगि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने छ।

कोशी सरकारले प्रदेशका आठ जिल्लामा यातायात व्यवस्था कार्यालय खोलिसकेको छ । सुनसरी, मोरङ (विराटनगर), झापा, इलाम, धनकुटा, उदयपुर, ओखलढुंगा र ताप्लेजुङमा यातायात सम्बन्धी सेवा लिन सकिन्छ । तर, विभागले इम्बोस्ड नम्बरका लागि भने इटहरी र बिर्तामोडलाई मात्र केन्द्र तोकेको छ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल बहादुर थापाले पहिलो चरणमा दुई कार्यालयबाट सेवा सुरु हुने बताउँदै भने,‘‘थप ठाउँमा सेवा विस्तार गर्न यातायात व्यवस्था विभागसँग समन्वय गरिरहेका छौं ।’’

इटहरीस्थित यातायात व्यवस्था कार्यालयका अनुसार इम्बोस्ड नम्बर जडान सम्बन्धी कार्ययोजना तयार भइसकेको छ। कार्यालय परिसरमै सेवा दिइने छ । तर, उपकरण र अन्य सामाग्री विभागले पठाउन बाँकी छ ।

इम्बोस्ड नम्बर प्लेटको प्रयोगले सवारी साधनको विवरण डिजिटल प्रणालीमा समेटिनेछ। यसका लागि सरकारले नेपालभर १० स्थानमा आरएफआईडी गेट निर्माण गर्ने तयारी पनि गरिरहेको छ। यी गेटबाट सवारीको विवरण स्वतः स्क्यान हुनेछ, जसले चोरी, नक्कली वा अनाधिकृत सवारीको पहिचान गर्न सहज हुने सरकारी दाबी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka