Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

जापानमा मोबाइल चलाउने समय दैनिक २ घण्टामा सीमित

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १५, २०८२  | बिहान १०:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

टोक्यो। मोबाइल फोनको लतका कारण नागरिकहरू दिनभर स्क्रिनमा झुण्डिन थालेपछि जापानको आइची प्रान्तस्थित टोयोआके सहरले नयाँ नियम लागू गर्ने तयारी गरेको छ। सहरले तयार पारेको नयाँ विधेयकको मस्यौदा अनुसार अब नगरबासीहरूले विद्यालय र कामबाहेकको समयमा दैनिक अधिकतम २ घण्टासम्म मात्र मोबाइल फोन चलाउन पाउनेछन्।

यद्यपि, यो नियम तोड्नेहरूलाई कुनै कानुनी सजायको प्रावधान भने राखिएको छैन। नियम बाध्यकारी नभई सुझावात्मक हुने बताइएको छ। टोयोआके नगर सरकारले नयाँ नियममार्फत नागरिकहरूलाई आफ्नो स्क्रिन टाइम सीमित गर्न उत्प्रेरित गर्न खोजेको हो, ताकि मानसिक स्वास्थ्य, सामाजिक सम्पर्क र जीवनशैलीमा सुधार ल्याउन सकियोस्।

बिज्ञापन

विशेषतः बालबालिका र किशोरकिशोरीमा बढ्दो मोबाइल निर्भरता कम गर्न सहरले यस्तो पहल अघि सारेको जनाइएको छ। सहरले आगामी दिनमा आम नागरिक, विद्यालय र अभिभावकहरूसँग छलफल गरी विधेयकलाई थप परिष्कृत गर्दै कार्यान्वयनमा लैजाने योजना बनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka