Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

जापानमा भिषा सम्बन्धी नयाँ नियम, नेपालीलाई कस्तो पर्छ असर ?

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ३१, २०८३  | बिहान ९:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । जापानमा लागू हुन लागेको नयाँ भिसा नियमका कारण नेपालीसहित विदेशी साना व्यवसायीहरू गम्भीर समस्यामा पर्ने भएका छन् । विशेषगरी साना तथा मध्यम स्तरका रेस्टुरेन्ट, खाद्यान्न आयात तथा खुद्रा व्यवसाय सञ्चालन गरिरहेका विदेशी नागरिकहरू व्यवसाय बन्द गरेर स्वदेश फर्किन बाध्य हुने अवस्था सिर्जना भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जापानको अध्यागमन सेवा एजेन्सीले आगामी अक्टोबर २७ देखि लागू हुने गरी ‘बिजनेस म्यानेजर’ भिसाको पूँजीसम्बन्धी मापदण्ड कडा बनाएको हो । नयाँ नियमअनुसार व्यवसाय सञ्चालन गर्न कम्तीमा तीन करोड येन (करिब १ लाख ९० हजार अमेरिकी डलर) पूँजी आवश्यक पर्नेछ । यसअघि पाँच मिलियन येन भए पुग्ने व्यवस्था थियो ।

बिज्ञापन

‘रेस्टुरेन्ट सजिलै छोड्न चाहेको थिइनँ, तर विकल्प नै रहेन,’ उनले बताएकी छन् ।

नयाँ प्रावधानले विशेषगरी विदेशी समुदायले सञ्चालन गरेका साना व्यवसायहरू प्रत्यक्ष प्रभावित भएका छन् ।

टोकियोको नेरिमा क्षेत्रमा हङकङ शैलीको रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी ४७ वर्षीया चान का यीले नयाँ नियम पूरा गर्न नसकेपछि आफ्नो रेस्टुरेन्ट बन्द गर्ने निर्णय गरेकी छन् । जापानी अनलाइन ‘द असाही शिम्बुन’का अनुसार कोभिड–१९ महामारीपछि हालै मात्र नाफामा पुगेको उनको रेस्टुरेन्ट ‘सान माई सान नेरिमा’ मे २० मा अन्तिम पटक सञ्चालन हुनेछ ।

‘रेस्टुरेन्ट सजिलै छोड्न चाहेको थिइनँ, तर विकल्प नै रहेन,’ उनले बताएकी छन् ।

जापानी टेलिभिजन नाटक हेर्दै हुर्किएकी उनले जापानमा बस्ने सपना पूरा गर्न लामो समय बचत गरेर सन् २०२० मा रेस्टुरेन्ट सुरु गरेकी थिइन् । व्यवसाय राम्रो चल्न थाले पनि तीन करोड येन पूँजी जुटाउन नसक्ने अवस्था आएपछि अन्ततः बन्द गर्ने निर्णयमा पुगेको उनले बताएकी छन् ।

नेपाली र भारतीय व्यवसायी पनि प्रभावित

टोकियोको एडोगावा क्षेत्रमा जापानकै ठूलो भारतीय समुदाय बसोबास गर्दै आएको छ । यही कारण निशी–कासाइ क्षेत्रलाई ‘लिटिल इन्डिया’ भनेर चिनिन्छ । उक्त क्षेत्रमा नेपालीहरूले सञ्चालन गरेका रेस्टुरेन्टहरू पनि प्रशस्त छन् ।

त्यहाँ व्यवसाय सञ्चालन गरिरहेका एक व्यवसायीका अनुसार अधिकांश साना रेस्टुरेन्ट सञ्चालकले तीन करोड येन जुटाउन सक्ने अवस्था छैन ।

‘हामीले मेहनत गरेर व्यवसाय चलाइरहेका छौं, तर सरकारले हाम्रो प्रयास देखेको छैन,’ उनले भने, ‘यदि विदेशीहरूले आफ्नो देशको खाना नै खान पाएनन् भने उनीहरू जापान आउन छोड्छन् । त्यसको असर अन्ततः जापानलाई नै पर्छ ।’

उनका अनुसार धेरै रेस्टुरेन्ट अब भिसा नवीकरण नहुने चिन्तामा छन् ।

एडोगावा इन्डियन एसोसिएसनका अध्यक्ष जगमोहन एस चन्द्रानीले अक्टोबरयता भारतीय र नेपाली व्यवसायीहरूबाट निरन्तर चिन्ता व्यक्त भइरहेको बताएका छन् । उनका अनुसार शाकाहारी तथा धार्मिक आहारमा निर्भर भारतीय र नेपाली समुदायका लागि स्थानीय व्यवसाय अत्यन्त आवश्यक छन् ।

‘यी व्यवसाय हराए समुदाय नै कमजोर हुन्छ,’ उनले भने ।

‘इमानदार व्यवसायी विस्थापित हुने खतरा’

टोकियोस्थित प्रशासनिक कानुन विशेषज्ञ काजुहिको यामादाले तीन करोड येनको मापदण्ड ‘अत्यन्त कठोर’ भएको टिप्पणी गरेका छन् । उनका अनुसार जापानी नागरिककै लागि पनि यति ठूलो लगानी सहज छैन ।

‘यति धेरै पूँजी भएका व्यक्तिले जापानभन्दा अमेरिका वा युरोप रोज्न सक्छन्,’ उनले भने ।

उनले नयाँ नियम लागू भएपछि विदेशी उद्यमीबाट नयाँ भिसा आवेदनसम्बन्धी परामर्शसमेत लगभग बन्द भएको बताए ।

‘यति धेरै पूँजी भएका व्यक्तिले जापानभन्दा अमेरिका वा युरोप रोज्न सक्छन्,’ उनले भने ।

व्यवसायी विशेषज्ञ अत्सुशी कोन्डोका अनुसार नक्कली कम्पनी खोल्ने धनी व्यक्तिहरूले नयाँ नियम सजिलै छल्न सक्छन् । तर साना व्यवसायमार्फत जापानी समाजमा योगदान गरिरहेका विदेशीहरू भने विस्थापित हुनसक्ने खतरा बढेको छ ।

‘यो व्यवस्थाले मेहनती र इमानदार मानिसहरूलाई बाहिरिन बाध्य पार्नेछ,’ उनले भने, ‘नियम यस्तो हुनुपर्छ जसले गलत प्रयोग रोक्दै वास्तविक व्यवसायीलाई टिक्न सहयोग गरोस् ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka