Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा पिकअप पल्टंदा गाईको मृत्यु

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र १४, २०८२  | अपराह्न ३:३३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगर महानगरपालिका-६, झरना चोकमा शनिबार गाइ बोकेको सवारी साधन पल्टिँदा एउटा गाइको मृत्यु भएको छ।

जतुवा बाट गाइ चढाएर इक्राहीतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ च १२६८ नम्बरको पिकअप गाडी झरना चोक नजिक नहरको किनारमा रहेको प्लास्टिकको झोलामा चिप्लिएर अनियन्त्रित भई नहरमा पल्टिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

बिज्ञापन

गाडीमा क्षमताभन्दा बढी गाइ लोड गरिएको थियो। दुर्घटनाको बेला गाडीमा चालकसहित गाइका साहु फकनलाल पाल र एक बालिका सवार थिए।

दुर्घटनामा एक गाइको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ भने गाडीमा रहेका अन्य तीन गाइ भने सकुशल रहेको बताइएको छ।

इक्राहीका किसान फकनलाल पालले जतुवा बाट दुई गाइ र दुई बाचाबाछीसहित गाइबस्तुहरू एक लाख दुई हजार रुपैयाँमा खरिद गरी घरतर्फ लैजाँदै गर्दा दुर्घटना भएको बताएका छन्। दुर्घटनाग्रस्त गाडीमा उनी स्वयं पनि सवार थिए।

दुर्घटनापछि स्थानीयले उद्धारमा सहयोग गरेका थिए। पछि विराटनगर महानगरपालिका–६ का वडा अध्यक्ष हरिशचन्द्र सहनीको समन्वयमा महानगरको डोजरमार्फत गाडी र गाइलाई निकालेर प्रहरीको जिम्मा लगाइएको थियो।

उक्त सडक साँघुरो तथा छोटो भएकाले त्यहाँ प्रायः क्षमताभन्दा बढी लोड बोकेका सवारीहरू गुड्ने गरेको र प्रहरीको निगरानी कम हुने भएकाले यस्तो दुर्घटना हुने गरेको स्थानवासीहरूको गुनासो छ।

प्रहरी प्रशासनले यस्ता सडकमा कडा निगरानी गर्नुका साथै साना गाडीहरूमा क्षमताभन्दा बढी गाइबस्तु लोड गर्ने चालक तथा साहुहरूलाई कारबाही गर्नुपर्ने आवश्यकता देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka