Premier Cables

कोशी प्रदेश

धरानमा स्कुल बस दुर्घटनाः मृतक पाँचमध्ये दुई जनाको पहिचान खुल्यो

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ ०४, २०८२  | राती ८:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धरान । धरान–१३ स्थित जिरो प्वाइन्टमा आइतबार (माघ ४) भएको स्कुल बस दुर्घटनामा घटनास्थलमै पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्ट नजिकै रहेको एक औषधि पसलमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

विज्ञापन

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये महोत्तरीको गैडाबिदपुरका स्कुल सञ्चालक ३१ वर्षीय धैरिया कुमार यादव र जनकपुर घर भएका १८ महिनाका रियव कुमार मण्डलको पहिचान खुलेको छ । अन्य तीन जनाको सनाखत हुन बाँकी छ ।

बसमा सवार ११ जना घाइते भएका छन् । घाइते हुनेहरूमा धरान–१३ की ४३ वर्षीया यसोदा श्रेष्ठ, जनकपुरका २३ वर्षीय लक्ष्मी मण्डल, १८ वर्षीय राजा बाबु, २४ वर्षीय रोहित मण्डल र ४० वर्षीया मनिता देवी मण्डल रहेका छन् ।

यसैगरी ३८ वर्षीय जितेन्द्र मण्डल, ४० वर्षीया सुनेनादेवी मण्डल, १८ वर्षीय रोहन मण्डल, २५ वर्षीया रिता मण्डल, अर्का ३८ वर्षीय जितेन्द्र मण्डल तथा बस चालक २५ वर्षीय मोहम्मद गुलाल घाइते भएका छन् । एक जना घाइतेको नाम खुल्न बाँकी छ ।

घाइतेहरूको धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डीएसपी भीषण बाबु राईले जानकारी दिए । दुर्घटनामा बसले जिरो प्वाइन्टमा रहेको ‘न्यु शबा मेडिकल’ नामक औषधि पसलमा ठक्कर दिँदा पसल र एक स्कुटर समेत पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka