Premier Cables
Premier Steel

कोशी प्रदेश

धरान कार्यपालिका बैठक : वडाध्यक्षबीच फरक धारणा, ५ प्रस्ताव पारित

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १२, २०८२  | राती ९:५६ बजे
Hamro Biratnagar Headlines

धरान ।‌ धरान उपमहानगरपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकमा चालु आर्थिक वर्षको बजेटबारे गम्भीर छलफल भएको छ।

बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई र धरान–१८ का वडाध्यक्ष प्रवीण राईले राजस्व परामर्श समितिबाट तयार पारिएको बजेट पारित गर्नुपर्ने स्पष्ट माग राखे।

बिज्ञापन

दुवै वडाध्यक्षले १८ पटकसम्म बसेको राजस्व परामर्श समितिको बैठकपछि तयार पारिएको बजेट योजनाबद्ध, सबैको सहभागितामा तयार गरिएको भएकाले त्यसमा थप विवाद नगरी तुरुन्त पास गर्नु उपयुक्त हुने बताएका थिए।

उनीहरूको भनाइ थियो, “अघिल्लो कार्यकालदेखि नै घाटाको बजेट कार्यान्वयन हुँदै आएको छ। अहिले पनि घाटा देखिए तापनि बजेट पास गरेर विकास कार्य अघि बढाउन ढिलाइ गर्नु हुँदैन।”

तर, यस विषयमा धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले फरक मत व्यक्त गरे। उनले वडास्तरमा पनि बजेटमा समुचित प्रतिनिधित्व हुनुपर्ने माग राख्दै भने, “जब मेयर–उपमेयर कोष, भिजन कोष र कार्यपालिका सदस्यहरूको छुट्टै कोष व्यवस्था गरिएको छ, त्यस्तै गरी वडा सदस्यहरूको पनि अलग कोष हुनुपर्छ।”

उनका अनुसार विकास योजनामा समान सहभागिता सुनिश्चित गर्न सबै प्रतिनिधिहरूलाई समावेश गरेर बजेट निर्माण र कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ।

बैठकमा कुल २७ वटा एजेन्डा प्रस्तुत गरिएको थियो। तीमध्ये पालिका गान, नियम तथा उपनियम, नीति तथा कार्यक्रम, कर्मचारी तह वृद्धि लगायत ५ वटा प्रस्ताव पारित गरिएको छ। बाँकी प्रस्तावहरूमा अझै छलफल आवश्यक देखिएको जनाइएको छ।

बजेटसम्बन्धी अन्तिम निर्णयका लागि कार्यपालिका बैठक आगामी भदौ १३ गते पुनः बस्ने तय गरिएको छ। सो बैठकमा बजेटमाथि अन्तिम छलफल र सम्भावित संशोधनपछि पारित गरिने जनाइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka