Premier Cables
Premier Steel

राजनीति

सुशासन समितिको सभापति चयन भदौ ११ गते

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०९, २०८२  | अपराह्न १:४७ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि भदौ ११ गते मिति तोकिएको छ ।

सोमबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) अनुसार सभापति चयनका लागि ११ गते बुधबारलाई मिति तोकेका हुन् ।

कुलिङ पिरियडमा हेरफेरमा दोषी भएको छानबिन समितिको निष्कर्षपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।

प्रतिनिधिसभाको नियमावलीअनुसार रिक्त भएको १५ दिनभित्र सपभापति चयन गरिसक्नुपर्ने प्रावधानअनुसार सोमबार अन्तिम दिन हो । नियमावलीअनुसार सभापति चयन गर्नुपर्ने मिति सकिएपछि सभामुखले आज निर्वाचन मिति तोकेका हुन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka