Premier Cables
Premier Steel

समाचार

कोशी संचार विधेयकको विरोधमा विराटनगरका पत्रकारले निकाले उल्टो जुलुस

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०८, २०८२  | अपराह्न १२:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको सञ्चारसम्बन्धी विधेयकको विरोधमा नेपाल प्रेस युनियन कोशीले आइतबार ‘उल्टो जुलुस’ प्रदर्शन गरेको छ।

सरकारले विधेयकमार्फत सञ्चार स्वतन्त्रता सीमित गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै पत्रकारहरू विराटनगरको देवकोटा चोकबाट मोरङ कारागार नजिकको हाट खोलासम्म उल्टो दिशामा जुलुस निकालेर प्रदर्शनमा उत्रिएका थिए।

बिज्ञापन

प्रेस युनियनका अध्यक्ष मीनकुमार श्रेष्ठले प्रस्तावित विधेयकमा पत्रकारहरूलाई दण्ड, सजाय दिने तथा सञ्चार सामग्री प्रकाशन र प्रसारणमा रोक लगाउने प्रावधान रहेका कारण त्यसलाई स्वीकार गर्न नसकिने बताए।

“हुवहु पास भयो भने पत्रकारलाई सीधै कारागारतर्फ लैजानुपर्ने अवस्था आउन सक्छ भन्ने सन्देश दिन हामीले यो उल्टो जुलुस निकालेका हौँ,” अध्यक्ष श्रेष्ठले भने।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka