Premier Cables
Premier Steel

विराटनगर

सूर्योदय नगरपालिका काेशीकै उत्कृष्ट, विराटनगरकाे पोजिसन ‘थर्ड’

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र ०७, २०८२  | राती ९:४६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । काेशी प्रदेशकाे सूर्योदय नगरपालिका प्रदेशकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट इलामकाे सूर्योदय नगरपालिका प्रदेशमै उत्कृष्ट बन्न सफल भएकाे हाे । राष्ट्रिय रुपमा भने तिलोत्तमा नगरपालिका उत्कृष्ट स्थानीय तह घोषित भएको छ । अघिल्लो वर्षपनि तिलोत्तमा नै उत्कृष्ट थियाे ।

बिज्ञापन

सूर्योदयले ९०.५० अङ्क प्राप्त गरेकाे छ । इलाम नगरपालिका ९० अङ्कसहित दाेस्रो भएकाे छ । विराटनगर महानगरपालिकाले ८७.२५ अङ्क प्राप्त गरेकाे छ । इटहरीले ८० र धरानले ७७.५० अङ्क प्राप्त गरेका छन् । विराटनगरकाे पोजिसन तेस्रो छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी ९ क्षेत्रको कार्यसम्पादन मूल्याङ्कन गरी पुरस्कृत गर्दै आएको छ।

तिलोत्तमाले आफैं धानिन सक्ने र आफ्ना विकास निर्माणका काम समेत आफ्नै आन्तरिक आय मार्फत गर्न सक्ने गरी आन्तरिक स्रोत मजबुत पार्ने काम गरेको, स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना तथा सञ्चालन, विपद् स्वयंसेवक छनोट तथा क्षमता विकास, अन्तर्राष्ट्रियस्तरको नगर सूचना केन्द्र सञ्चालन मार्फत विपद् व्यवस्थापनमा नमूना कार्य गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka