Premier Cables
Premier Steel

शिक्षा

सरकारविरुद्ध प्याब्सनको थप आन्दोलनका कार्यक्रम सार्वजनिक

नोट: यो समाचार १ महिना अघिको हो

Calendar शुक्रबार, भाद्र ०६, २०८२  | बिहान ८:१२ बजे

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएसंगै प्याब्सनले थप आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो । विधेयकमा केही बुँदा सम्सोधनको माग सहित प्याब्सन आन्दोलित थियो । विधेयकमा निजी विद्यालयलाई गैर नाफा मूलक बनाउने विषयमा विवाद छ ।

बिज्ञापन

विद्यालय सञ्चालकहरुले कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैर नाफामूलक बनाउने भन्ने व्यवस्था हटाउनु पर्ने, पूर्ण छात्रवृत्तिबाट पोसाक, स्टेशनरी, शैक्षिक सामाग्री र खाजा उपलब्ध गराइनु पर्ने, छात्रवृत्ति सम्बन्धी अधिकार स्थानीय तहलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई नै दिनु पर्ने माग राखेका छन् । यद्दपि विधेयक भने प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ ।

विधेयक पारित भएसंगै प्याब्सनले आन्दोलनलाई थप शसक्त बनाएको हो । प्याब्सन केन्द्रीय कार्य समितिको निर्णय अनुसार प्याब्सन झापाले समेत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

जस अन्तरगत भदौ ६ गते विद्यालय सञ्चालन पश्चात यातायातका साधन लिएर पालिका घेराउ गर्ने,कालो झण्डा प्रर्दशन गर्ने, केही दुरीसम्म शात्ति पूर्ण रुपमा आन्दोलन गर्ने कार्यक्रम तय भएको प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।
उनका अनुसार सबै पालिकामा केन्द्रीय निर्देशन अनुसार कार्यक्रम गरिने छ । झापाको बिर्तामोडस्थित शैनिकमोड विराटपोखर लाइनमा विद्यालयका सवारी साधनहरुमा व्यानर र कालो झण्डा राखी सवारी साधन सडकमा निकालेर नगर परिक्रमा गर्ने कार्यक्रम छ ।

अर्जुनधारामा शनिश्चरे बजारबाट ¥याली निकालेर नगरपालिका पुग्ने कार्यक्रम छ । वाह्रदशीमा भ्यू टावरबाट राजगढसम्म पुग्ने र पालिका आउने कार्यक्रम छ । कनकाईमा सुरुङ्गाबाट नगरपालिकासम्म आउने कार्यक्रम तय भएको प्याब्सन झापाका सचिव उप्रेतीले बताए ।

यस अघि प्याब्सन एन प्याब्सन र हिसानले साउन २९ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् । २९ गते पालिका प्रमुखलाई ज्ञापनपत्र, ३० गते प्रजिअ र शिक्षा विकास समन्वय इकाईका प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । त्यस्तै राष्ट्रिय सभा सदस्य प्रतिनिधि सभा सदस्यलाई समेत ज्ञापनपत्र बुझाएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka