Premier Cables

विराटनगर शिक्षा

प्याब्सनको निर्णयः विराटनगरका निजी विद्यालय सातामा दुई दिन नै बिदा

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख २५, २०८३  | बिहान ११:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरका निजी विद्यालयहरू अब सातामा दुई दिन बन्द हुने भएका छन्। निजी विद्यालयहरूको छाता संगठन प्याब्सन विराटनगरले नेपाल सरकारको निर्णयअनुसार अर्को सूचना जारी नभएसम्म बिदा दिने विषयमा सदस्य विद्यालयहरुसँग छलफल गरेको हो ।

यसअघि केही विद्यालयहरूले शुक्रबार आधा दिन मात्रै कक्षा सञ्चालन गरेर शनिबार मात्र बिदा दिने तयारी गरेका थिए। तर, प्याब्सनको छलफलपछि यसबारे सहमति भएको प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिएका छन् ।

विज्ञापन

शुक्रबार विद्यालय पूर्ण रुपमा खुला रहने र अन्य दिन नियमित रूपमा पठनपाठन सञ्चालन गरिनेछ। शनिबार र आइतबार विद्यालय बिदा हुनेछन् ।

निर्णयसँगै विराटनगरका अधिकांश बोर्डिङ स्कुलहरूले नयाँ समय तालिका अनुसार तयारी थालेका छन्। संघीय सरकारले निर्णय गरी शनिबार र आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka