Premier Cables
Premier Steel

शेयर बजार

नेप्से वृद्धि कायमै, कारोबार रकम घट्दो

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०३, २०८२  | अपराह्न ३:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात साेमबार सामान्य अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ९.७६ अंक बढेर २७८०.१५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.७३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक बढेको छ।

बिज्ञापन

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। सोमबार ६ अर्ब १७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ६१ हजार ७८४ पटकको कारोबारमा ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सान्भि इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक ६.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन पियोर इनर्जीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने इष्टर्न हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ६.१४ प्रतिशत घटेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ७२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब साढे २८ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम २० करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.२४ अंक घटेको हो। यस दिन बढेका उपसमूहहरुको वृद्धिदर १ प्रतिशतभन्दा कम रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka