Premier Cables
Premier Steel

राजनीति

संघीय उप-सभामुख हटाउन कांग्रेस-एमाले सक्रिय, सांसदहरूबाट हस्ताक्षर संकलन

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०३, २०८२  | अपराह्न १२:१३ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्न पहल थालेका छन्। त्यसअन्तर्गत दुबै दलले आफ्ना सांसदहरूबाट हस्ताक्षर संकलन शुरू गरेका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएर कांग्रेस र एमालेले आज बिहानदेखि सांसदहरूसँग हस्ताक्षर गराइरहेका छन्। दिउँसो २ बजेसम्म हस्ताक्षर संकलन जारी रहने जनाइएको छ।

रानाको विषयमा निर्णय गर्न कांग्रेस र एमालेबीच सोमबार साँझ बालुवाटारमा छलफल भएको थियो।

उपसभामुख रानामाथि अमेरिकी भिसा प्रक्रियामा दुरुपयोग गरेको आरोप लागेको छ। उनले एक व्यक्तिलाई अमेरिका लैजाने प्रयोजनका लागि अमेरिकी दूतावासमा आफ्नो पदको लेटरप्याड प्रयोग गरी सिफारिस गरेको आरोप छ।

यसअघि पनि उनलाई पदबाट हटाउने प्रयास भएको थियो, तर ती प्रयासहरू तत्कालीन विवादका कारण अघि बढ्न सकेका थिएनन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka