Premier Cables

कोशी प्रदेश

रथयात्रा सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रतीक: मुख्यमन्त्री

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०१, २०८२  | बिहान ११:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरमा आयोजना हुने ऐतिहासिक रथयात्रा प्रदेशको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रतीक भएको बताएका छन्।

रथयात्राको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले यो पर्वले प्रदेशको गौरव अभिवृद्धि गर्नुका साथै सामाजिक एकता, सहिष्णुता र साझा संस्कृतिको अनुपम उदाहरण प्रस्तुत गरेको उल्लेख गरेका छन्।

विज्ञापन

“कोशी प्रदेश विविधतायुक्त प्रदेश हो,” उहाँले भन्नुभयो, “विराटनगरमा भव्य रूपमा मनाइने रथयात्राले धार्मिक सहिष्णुता, सांस्कृतिक परम्परा र ऐतिहासिक महत्व उजागर गर्छ। यसले प्रदेशलाई सांस्कृतिक दृष्टिले अझ सबल र समृद्ध बनाउने विश्वास लिएको छु।”

मुख्यमन्त्री कार्कीले वि.सं. १९८८ मा ‘खटयात्रा’को रूपमा सुरु भई वि.सं. २०२५ देखि ‘रथयात्रा’को रूपमा निरन्तर सञ्चालन हुँदै आएको यो पर्वले विराटनगर मात्र होइन, सम्पूर्ण प्रदेशमा एकताको सन्देश फैलाएको बताए।

जातीय, धार्मिक तथा सांस्कृतिक विविधताको संरक्षण र प्रवर्द्धन सरकारको प्राथमिकता भएको उल्लेख गर्दै उनले रथयात्राजस्ता पर्वहरूले विविधताभित्रको एकतालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

सन्देशमा मुख्यमन्त्री कार्कीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियानलाई सफल बनाउन पर्यटन विकास अनिवार्य भएको औंल्याउँदै रथयात्राजस्ता सांस्कृतिक कार्यक्रमहरूले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे।

भारतका विभिन्न स्थानबाट समेत भक्तजन सहभागी हुने यस रथयात्रालाई अझ भव्य र व्यवस्थित बनाउन प्रदेश सरकारले आवश्यक सहयोग पुर्‍याउने प्रतिवद्धता पनि उनले व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले परम्परागत धार्मिक संस्कार, सांस्कृतिक मूल्य र सामाजिक सद्भावको संरक्षण गर्दै प्रदेशमा आपसी एकता र पर्यटन प्रवर्द्धनमा रथयात्राले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka