Premier Cables
Premier Steel

अर्थ

गर्भनरसँग व्यापार संघको माग : ऋण प्रोभिजन गर्दा ‘क्यास लस’लाई मान्यता दिइयोस्

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २९, २०८२  | राती ८:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ उद्योग व्यापार संघको टोलीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसँग बिहीबार विराटनगरमा भेटघाट गरी निजी क्षेत्रको हकहित सम्बन्धमा सुझाव दिएको छ ।

हाल राष्ट्र बैंकले व्यवस्थापन गर्नु पर्ने विषयहरु समेटी सुझाव पत्र पेश गरिएको संघले जनाएको छ । संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, वाणिज्य उपाध्यक्ष अनिल सारडा सहित उद्योगी-व्यवसायीहरुको टोली राष्ट्र बैंकको विराटनगर स्थित प्रादेशिक कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका गर्भनर पौडेल समक्ष सुझाव सहितको पत्र दिएका हुन ।

बिज्ञापन

संघका अध्यक्ष राठीले गर्भनर प्रा.डा. पौडेललाई सुझाव पत्र बुझाउँदै निजी क्षेत्रको विद्यमान आवश्यकताहरुलाई सम्बोधन गर्न समुचित नीति एवं व्यवस्था मिलाउन आग्रह गरे । त्यस क्रममा अध्यक्ष राठीले निरन्तर दुई वर्ष घाटामा देखिने उद्योग÷व्यवसायहरुको ऋण र व्याजदरमा सहजता प्रदान गर्न निजहरुको ऋणलाई प्रोभिजन गर्दा ‘बुक लस’ भन्दा ‘क्यास लस’लाई मान्यता दिनु पर्ने तथा डेब्ट–इक्वीटी अनुपात मिलेका प्रतिष्ठानहरुको ऋणहरुलाई खराब कर्जामा वर्गिकरण गर्न नहुने सुझाव दिएका थिए ।

साथै, अध्यक्ष राठीले औद्योगिक÷व्यवसायिक प्रतिष्ठानहरुको हकमा निजहरुको कारोबार एवं प्रवृत्तिका आधारमा ६० प्रतिशतसम्म चालु पुँजी कर्जा सहज रुपमा उपलब्ध गराउनु पर्ने, नेपाली निर्यातकर्ताहरुलाई प्रतिस्पर्धी बनाउन निजहरुले आर्जन गर्ने विदेशी मुद्राको विनिमय दरमा ३ देखि ५ प्रतिशत थप रकम उपलब्ध गराउनु पर्ने, उद्योग-व्यवसाय क्षेत्रलाई बैंकिङ कारोबार गर्न बाधा नपर्ने गरी बैंकहरुको समेत वार्षिक विदा अधिकतम् १३ दिन कायम गर्नु पर्ने, नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि नेपालीले पनि विश्वव्यापी अनलाईन भुक्तानी प्लेटफर्महरु (जस्तैः पेपल, स्क्रील आदि) प्रयोग गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने, वित्तीय कारोबार गर्ने सहकारीहरुको अनुगमन, नियमन तथा सुपरीवेक्षण कार्यलाई अझ प्रभावकारी ढंगले अघि बढाउँदै सहकारीको कारोबारलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउनु पर्ने आदि सुझावहरु प्रस्तुत गरेका थिए ।

ती सुझाव पत्र ग्रहण गर्दैै गर्भनर प्रा.डा. पौडेलले सो सुझावहरु सकारात्मक एवं समय सान्दर्भिक रहेको बताउनु भई त्यसका लागि आफुले गृहकार्य गरी यथासम्भव सम्बोधन गर्ने प्रतिवद्र्धता जनाएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka