Premier Cables
Premier Steel

समाचार

हुलाकी सडककाे कटहरी खण्ड सुचारु गर्न काठमाडौंमा सहमित (हेर्नुहोस सहमित पत्र)

नोट: यो समाचार २ महिना अघिको हो

Calendar मंगलबार, साउन २७, २०८२  | राती ९:२४ बजे

विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डको ६ किलोमिटर सडक निर्माण कार्य चार दिनभित्र सुचारु गर्ने सहमति भएको छ।

लामो समयदेखि ढिलाइ भइरहेका कारण प्रदेश र संघीय सांसदहरूले अनशनको चेतावनी दिएपछि ठेकेदार कम्पनी, सांसद र सडक विभागबीच सहमति जुटाइएको हो।

बिज्ञापन

कटहरी रामचोकदेखि हाटखोलासम्मको सडक निर्माण ६ वर्षदेखि सुस्त गतिमा रहँदै आएको छ। ७७ करोडमा ठेक्का पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीले हालसम्म २३ प्रतिशत मात्र भौतिक र आर्थिक प्रगति गरेको छ। २०७६ सालमा ठेक्का लिए पनि कम्पनीको म्याद गत जेठ ३० गते सकिएको थियो।

प्रदेशसभा बैठकमा सांसद भीम पराजुली र प्रतिनिधिसभा बैठकमा सांसद अमनलाल मोदीले तत्काल काम सुरु गर्न चेतावनी दिएका थिए।

मोदीले १० वर्षदेखि अधुरो सडकको समस्याले जनतालाई सास्ती दिइरहेको र धानबाली रोपाइँसम्म सडकमा भइरहेकाले सरकारलाई रुलिङ दिन आग्रह गरेका थिए। अन्यथा आमरण अनशन बस्ने घोषणा गरेका थिए। मोरङ-५ का सांसद योगेन्द्र मण्डलले पनि सो माग समर्थन गरेका थिए।

दबाबपछि मंगलबार सडक विभागमा भएको छलफलमा चारबुँदे सहमति भएको हो। हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार सहमति अनुसार निर्माण कम्पनीले आजदेखि ४ दिनभित्र जनशक्ति र उपकरण परिचालन गर्नेछ।

तत्काल २ रोलर, २ ग्रेडर, ७–१० टिपर र आवश्यक कामदार खटाइने छन्। सहमति कार्यान्वयन नभए १५ दिनभित्र ठेक्का सम्झौता रद्द गरिने चेतावनी पनि दिइएको छ।

हेर्नुहाेस सहमित पत्र

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka