Premier Cables

समाचार

युवा महिलाको राजनीतिक सहभागिता विस्तारमा जोड

Calendar मंगलबार, साउन २७, २०८२  | राती ८:१७ बजे

इटहरी । २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सुनसरीको इटहरीमा ‘राजनीतिमा युवा महिला सहभागिता : अवसर र चुनौती’ विषयक प्यानल छलफल सम्पन्न भएको छ।

इटहरी नगर महिला सञ्जाल, लेडी जेसीज, युवा विकास केन्द्र, महिला पुनःस्थापना केन्द्र र तरंगिनी फाउण्डेसनको संयुक्त आयोजनामा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ प्रमुख अतिथि रहेकी थिइन्।

बिज्ञापन

कार्यक्रममा वक्ताहरूले राजनीतिक क्षेत्रमा महिलाको संख्यात्मक मात्र नभई गुणात्मक सहभागिता आवश्यक रहेको, पितृसत्तात्मक सोच, सामाजिक, राजनीतिक र शैक्षिक अवरोधहरू हटाउन पहल जरुरी रहेको लगायत विषयमा विचार प्रस्तुत गरे।

कार्यक्रममा विभिन्न कलेजका विद्यार्थी, सामाजिक र राजनीतिक अगुवा गरी ५५ जनाको सहभागिता रहेको थियो। विद्यार्थीहरूले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हुने प्रलोभनपूर्ण गतिविधिको प्रभाव, सहि राजनीतिक प्रशिक्षणको आवश्यकता र सैद्धान्तिक राजनीतिक सचेतना प्राप्त गर्ने उपायलगायत विषयमा प्रश्न राखेका थिए।

त्यस अवसरमा बाेल्दै प्रदेश सभा सदस्य श्रेष्ठले प्रदेश सभामार्फत आफूले महिला तथा युवाहरुकाे विषय उजागर गर्दै आएकाे बताइन । उनले भनिन् ‘सरकारलाइ ध्यानाकर्षण गराउँदै कानुन निर्माण गर्दासमेत महिला सहभागिता सुनिश्चित हुने गरी ल्याउन आग्रह गर्दै आएका छाैँ ।
महिलाहरु पुरुषभन्दा निकै पछि छन् । समानताको भन्दा पनि समान दौड हुनुपर्छ ।’

उनले महिला हिँड्ने बाटो फरक हुँदा उनीहरुले सँगसँगै अघि बढ्न कठिन हुने बताइन । महिलाले घरको नेतृत्व लिँदै राजनीतिमा समेत अग्रसर हुनुपर्ने अवस्था रहेको उनकाे भनाइ थियो ।

पुराना नेताले भाविपुस्तालाई अवसर नदिँदा युवा तथा महिला राजनीति क्षेत्रमा कमै आउने गरेको सहभागी युवाले बताएका थिए । महिला नेतृत्वमा पुग्न यस किसिमका कार्यक्रम फलदायी हुने विचार राखेका थिए ।

वक्तामध्ये अधिवक्ता तथा ओरेक नेपाल प्रदेश संयोजक शोभा बजागाई, राजनीतिकर्मी तथा साहित्यकार मनु मञ्जिल, प्राध्यापक तथा पूर्व इटहरी लेडी जेसीज अध्यक्ष भेषजा काफ्ले र विद्यार्थी नेता चन्द्र किरातीले आफ्नो धारणा राखेका थिए।

कार्यक्रमको सहजीकरण तरंगिनी फाउण्डेसनकी कार्यक्रम अधिकृत रुमा रिजालले गरेकी थिइन्।

यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka