Premier Cables
Premier Steel

विराटनगर

तरङ्गिनी फाउन्डेसनको कोशी युवा भेला सम्पन्न, लोकतन्त्र सुदृढीकरणका लागि १३ बुँदे घोषणा पत्र जारी

Calendar सोमबार, कार्तिक २४, २०८२  | बिहान १०:२१ बजे

विराटनगर । तरङ्गिनी महिला अधिकार प्रशिक्षण केन्द्रले विराटनगरमा कोशी प्रदेशस्तरीय युवा भेला सम्पन्न गरेको छ । ओरेक मोरङ र युवा विकास केन्द्र सुनसरीको सहकार्यमा सम्पन्न भेलाले लोकतन्त्र सुदृढीकरणका लागि युवाको भूमिका विषयमा १३ बुँदे घोषणा पत्र जारी गरेको हो ।

विराटनगरको होटल रुबिजमा आइतबार सम्पन्न भेलामा झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, पाँचथर, भोजपुर, इलाम, खोटाङ लगायतका जिल्लाबाट प्रतिनिधिमूलक रूपमा ५६ जनाको सहभागिता रहेको थियो। भेलामा सहभागी युवाहरूले लोकतन्त्र सुदृढीकरणका लागि खेल्न सक्ने भूमिकाबारे विस्तृत छलफल गरेका छन्। द्वारिका घिमिरेले सहजीकरण गरेका थिए । े कार्यक्रममा सहभागीहरूलाई ६ समूहमा विभाजन गरी लोकतन्त्र सुदृढीकरणका चुनौती, अवसर र युवाहरूको भूमिका कस्तो हुनसक्छ भन्ने विषयमा सामूहिक छलफल गरिएको थियो।

बिज्ञापन

छलफलमा लोकतान्त्रिक गणतन्त्रका आधारहरू—विधिको शासन, सुशासन, पारदर्शिता, समावेशिता, राजनीतिक स्वतन्त्रता, निष्पक्ष चुनाव लगायतका पक्षहरू दह्रो भएमा मात्रै लोकतन्त्र सुदृढ हुने निष्कर्ष निकालिएको छ। लोकतन्त्र सुदृढीकरणका चुनौतीमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, अपारदर्शिता र शक्तिको दुरुपयोग मुख्य रहेका छन् भन्ने ठहर भेलाले गरेको छ।

यसमा युवाको निर्वाचनमा समान सहभागिताले लोकतन्त्रको रक्षा, सुदृढीकरण, उत्तरदायी नेतृत्व र जवाफदेही राज्य प्रणालीको बाटो देखिने सहभागीहरूले बताएका छन्।

तरङ्गिनी फाउन्डेशन विगत ९ वर्षदेखि लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक न्यायका क्षेत्रमा स्थानीय सरकारसँग सहकार्य गर्दै काम गर्दै आएको संस्था हो। यस संस्थाले महिलाको कामको सम्मान, मानसिक स्वास्थ्य, शरीरमाथिको अधिकार तथा पहिचानका सवालमा निरन्तर काम गर्दै आएको छ।

संस्थाका फिल्ड अधिकृत रुमा रिजालले भनिन्, “परिवर्तनको आधार युवा हुन् भन्ने मान्यताका साथ युवाको राजनीतिक सक्रियताले महिला अधिकार सुनिश्चितताका लागि लोकतन्त्र आधारभूत शर्त हो भन्ने विश्वासलाई अझ बल दिएको छ।”

आउने निर्वाचनमा युवाहरूको सक्रिय सहभागिता तथा लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्न युवाहरूले नै महत्वपूर्ण भूमिका खेल्नुपनर््े विश्वासका साथ वर्तमान परिप्रेक्ष्यमा युवाको भूमिकाबारे साझा बुझाइ बनाउन यो युवा भेला आयोजना गरिएको उनको भनाइ छ ।

युवाबीच वर्तमान अवस्थाको समीक्षा गर्दै लोकतन्त्र सुदृढीकरणका लागि एकजुट बनाउने, आगामी निर्वाचनमा युवाको प्रतिनिधित्व तथा समावेशीकरणको आवश्यकताबारे साझा धारणा बनाउन र निर्वाचन सफल बनाउन युवाले खेल्न सक्ने भूमिकाबारे छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फाउन्डेसनले जनाएको छ ।

कार्यक्रममा ओरेक नेपालकी कार्यकारी निर्देशक सुनीता मैनालीले संरचनागत परिवर्तनले मात्रै परिवर्तनको अनुभूति नहुने बताउँदै भनिन् “हाम्रो दिमागमा रहेको परम्परागत सोचमा समेत परिवर्तन आवश्यक छ, परिवर्तनका लागि युवाले संगठन र भू–राजनीति बुझ्न जरुरी छ ।” उनले युवा शक्तिले राज्यमा रहेको असमान शक्ति सम्बन्धलाई अन्त्य गरी सबैले खुशीसाथ बाँच्न सक्ने वातावरण तयार गर्न सक्ने बताइन ।

भेलामा सहभागी युवा नबिन राईले जेनेरेसन जेड (जेनजी) आन्दोलनले उठाएका मागहरू तत्काल पूरा गर्न तथा घोषणा गरिएको निर्वाचन तोकिएको समयमा सम्पन्न हुने वातावरण बनाउन माग गरे । उनले तत्काल संवैधानिक रिक्तता र अस्थिरता बढ्ने खतरा भएकाले यथासक्य निर्वाचनलाई सफल बनाउन र जेन–जेड युवाको प्रतिनिधित्व तथा समावेशीकरण सुनिश्चित गर्न युवाहरू स्वयं अग्रसर हुनुपर्ने बताए ।

युवाबीच समान बुझाइ कायम गर्ने उद्देश्यले आयोजित युवा भेलाले उनीहरूको मुद्दा प्रतिनिधित्व हुने सुनिश्चितता दिलाउन यो कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै भेलाले १३ बुँदे घोषणा पत्र जारी गरेको छ। जसमा“हामी युवा लोकतन्त्र सुदृढीकरणप्रति जिम्मेवार छौं, राज्यले प्रश्न सोध्ने वातावरण सिर्जना गर्नुपर्छ र राज्य जवाफदेही हुनुपर्छ, राजनीतिक चेतनालाई उजागर गर्दै शिक्षित र जिम्मेवार समाज निर्माणमा हामी प्रतिबद्ध छौं” लगायतका बुँदाहरू समावेश छन्।


*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka